निर्वाचनका लागि जुम्लामा खटिए ८ सय ४८ कर्मचारी

जुम्ला ः मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि जुम्लामा ८सय ४८ जना कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका जुम्लाले १०८ मतदान केन्द्रको लागी कर्मचारी खटाईएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन कर्मचारीको सुचिअनुसार १०६ वटा स्थायी र २ वटा अस्थायी गरि ८ स ४८ जना कर्मचारी खटाईएको पाइएको छ ।

त्यस्तै मुख्य निर्वाचन अधिकृत बिष्णु प्रसाद गौतमका अनुसार १०८ जना मतदान अधिकृत र १०८ जना सहायक मतदान अधिकृत सहितका कर्मचारी खटाईएको हो । उनका अनुसार ९९ मतदान केन्द्रमा ८ जना कर्मचारीका दरले ७ सय ९२ जना, ७ वटा मतदान केन्द्रमा ७ जना कर्मचारीका दरले ४९ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा ७ जना खटाईएको हो ।

मृख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २५१ भन्दा तलको मतदाता भएको स्थानमा ७ जना र २ सय ५१ भन्दा माथीको मतदाता भएको स्थानमा ८ जनाका दरले कर्मचारी खटाईएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार खटाईएका कर्मचारीलाई तालिम दिएर, सामग्री हस्तान्तरण गरेर पठाईने भएको छ ।

 

सम्बन्धित समाचार