जुम्ला : आँट र सहास भए पुरुषले गर्न सक्ने काम महिलाले पनि सक्छन् भन्ने उदाहारण हुन, कर्णालीमै ठुलादलको तर्फबाट पहिलो महिला उम्मेदवारका रुपमा रहेकी जुम्लाकी गोमा गौत्तम ( कुँवर ) पछिल्लो समय राजनितिकमा महिलालाई सामानुपातीकमा सिमित राख्ने अनि प्रत्यक्ष उम्मेदवारका रुपमा पुरुषकै जमात बढ्ने गरेको देखिन्छ ।
महिला प्रति समाजले हेर्ने दृष्टिकोणको बेवास्ता गर्दै १६ वर्षको उम्मेरमा जनयुद्धमा होमिएकी गोमाको उम्मेदवारी जुम्ली महिलाको लागी उत्साहा भएको छ । उनको साविक कर्णालीबाट पहिलो महिला उम्मेदवार भएकाले पनि आम महिला दिदि बहिनीको विशेष साथ,सहानुभुति तथा आर्शिवाद दुबै रहेको बताइन ।
उनी आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकीदै गर्दा गाउँ केन्द्रित छन् । निर्वाचन आयोगले कात्तिक १८ गतेदेखि चुनावी भेला,आमसभा लगायतका कार्यक्रम गर्न अनुमती दिएसंगै उम्मेदवारहरु मतदाता रिझाउन गाउँ केन्द्रित भएका हुन् । जुम्लामा मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचन निकै रोचक र खरो प्रतिस्पर्धा हुने देखिएको छ ।
सत्ता गठबन्धनका तर्फका कर्णालीमै ठुलादलको पहिलो महिला उम्मेदवारका रुपमा जुम्लाबाट गोमा कुँवर (गौतम)ले उम्मेदवारी दिदाँ नेकपा एमालेबाट रतननाथ योगी,राष्ट्यि प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र बहादुर शाही र नेपाल मजदुर किसान पार्टीबाट डिल्ली प्रसाद काफ्ले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् ।
तर विशेषगरी सत्ता गठबन्धका उम्मेदवार गोमा कुँवर,एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र बहादुर शाही बीच खरो तथा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनकी साझा उम्मेदवार तथा माओबादी केन्द्रकी नेतृ कुँवर २०७० सालको निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचन भई पशुपन्छी विकास राज्यमन्त्री समेत भएकी थिइन ।
तीन दलीय गठबन्धन भएको र झण्डै ३६ हजार भोट गठबन्धनकै पक्षमा भएकोले गोमा कुँवर प्रभावशाली एबम बलियो उम्मेदवारका रुपमा रहेकी छन् । गठबन्धन,दलित,महिला,विपन्न समुदायको साथ,विकास प्रेमी,न्याय प्रेमी जनताको साथनै गोमा गौत्तम कुँवरको जित्ने आधारहरु हुन ।यसपटकको निर्वाचन बहुमतका साथ आफुले जित्नेमा उनको दाबी छ ।
गोमा भन्छिन विपन्न महिलाको शसक्तिकरण,जीवकोपार्जन,संविधानको रक्षा,राजनीतिक स्थायीत्व कायम गर्न तथा समृद्ध जुम्ला निर्माणका लागि मेरो उम्मेदवारी हो ।तीन दलीय गठबन्धनको साथ,आम महिला दिदि बहिनी,दलित विपन्न वर्गको आर्शिवाद मलाई रहेको हुँदा जीत सुनिश्चित छ ।
पुर्वमन्त्री तथा माओबादी केन्द्रकी प्रभावशाली महिला नेतृ कुँवर गठबन्धनको बलियो साथ भएकोले ढुक्कले चुनाव जित्ने दाबी छ ।मुलुकको समृद्धी,जुम्लाको आर्थिक,सामाजिक तथा राजनीतिक विकास,दुर्गमदेखि सुगाका महिलाको शसक्तीकरणका लागि आफ्नो उम्मेदवारी रहेको समेत कुँवरले बताएकी छन् ।
मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्न,संविधानलाई पुर्ण कार्यान्वयन गर्न,जुम्लालाई मुलुककै एक नमुना जिल्ला बनाउन आफ्नो उम्मेदवारी रहेको बताउँदै आएकी कुँवरले साविक कर्णालीबाट पहिलो महिला जितेर इतिहास रच्ने अबसर चुनौती दुबै आफु माथि रहेको बताइन ।
१६ वर्षको उम्मेरबाट राजनीतिमा होमिएकी कुँवर एक स्थापित महिला नेतृ हुन् । नेपालमा भएका विभिन्न आन्दोलन उनको अगुवाई भएका छन । दलित,सर्वहारा वर्ग,निमुखाहरुको हितका लागि भुमिगत जीवन समेत बिताएकी कुँवरले मुलुकको व्यवस्था परिवर्तनका लागि उच्च योगदान समेत दिएकी छन् ।
तर व्यवस्था संगै अबस्था नबदीएको विपन्न गरिब जनताको मुहारमा खुसी छर्न विकासका मुल फुटाउन आफ्नो उम्मेदवारीलाई जुम्ली जनता,महिला दिदि बहिनी र समग्र गठबन्धनले आफुलाई अनुमोदित गर्ने उनको दाबी छ ।
कुँवर कर्णालीमा गठबन्धनबाट एक्ली महिला उम्मेदवारका रुपमा चुनावमा होमिएकी छु । मैले जुम्लाको विकासका लागि योगदान गर्न सक्ने विश्वासले गठबन्धनको तर्फबाट माओवादी केन्द्रले जुम्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो कुँवरको भनाई छ ।
उनले भनिन,“गठबन्धन मुलुकको हित र देशको विकासका लागि भएकोले जुम्लाबाट संघ प्रदेशमा गठबन्धनका उम्मेदवार बहुमतले जित्नेमा दुईमत छैन् ।
मतदाताको विश्वास गठबन्धनले जितिसकेकोले निर्वाचन पनि जित्ने पक्का छ ।
कुँवर यतिबेला संविधानको रक्षा,राजनीतिक स्थायीत्व र महिला शसक्तिकरण,आर्थिक विकास,रोजगारी सृजना र पूर्वाधार विकासका एजेण्डालाई बोकेर घरदैलो अभियानमा छन् ।
लामो संघर्ष र बलिदानी बाट नेपालमा राजतन्त्र अन्त्य गरी लोकतन्त्र गणतन्त्र आइसकेको अबस्थामा राजाबादीका मुद्धा बोकेर आएका ज्ञानेन्द्र शाहीले कुनै प्रभाव नपार्ने उनको दाबी छ ।
दलको नाम र झण्डा राख्न नसक्ने,शाहीले कसरी जनताको बिकास गछर्न
गोमा गौत्तम कुंवरले आफ्नो चुनावी सभामा ज्ञानेन्द्र शाही लाई आफुलाई ब्यंग हानेर महिला जितेर गय हुम्टो ओढेर बस्ने केहि गर्न सक्दैन भन्ने खालका अभिव्यक्ति दिएको प्रति समेत आपत्ती जनाईन् । उनले आफ्नो दलको नाम र झण्डा समेत राख्न नसक्ने,घोषणा पत्र नदेखाउने खाली चुनाव चिन्ह हालो देखायर जन्तालाई भ्रम छर्ने काम गरेको बताइन । उनले भनिन्,”पाटीको नाम समेत भन्न नसक्ने ज्ञानेन्द्र शाहीले मुलुकको नेतृत्व गर्छु भन्नु यूटुव चलाए जस्तो नहुने बताइन ।
यूटुवमा गलो सुक्ने गरी भाषण गरे जस्तो र अभियान चलाए जस्तो सहज राजनीति गर्नु र जनताको सेवा गर्नु नभएकोले जनतालाई सचेत हुन अनुरोध गरिन । शाहीको यूटुवे भ्रममा जन्ता नपरि गठबन्धन जिताउन लाग्ने बताइन ।
उनले भनिन, ”शक्तिशाली भूमिकाहरुमा महिला प्रतिनिधित्व निरन्तर बढिरहे पनि राजनितिक क्षेत्रमा महिला लिडरको प्रभावकारिता बढ्न नसकेको बताइन । यस किसिमको अविश्वास र पक्षपातपूर्ण भावना परम्परागत रुपमा जरा गाडेर बसेको हुँदा यस पटकको मेरो उम्मेद्वारीले महिलामा उत्सहा पलाएको उनको भनाइ छ ।यदपी गठबन्धनकी उम्मेदवार कुँवर यसपालीको निर्वाचनमा इतिहास रच्ने कसरतमा छन् ।