गुणस्तर शिक्षा र बालविवाहका मुद्धालाई विशेष जोड दिन्छु : गोमा कुंवर

जुम्ला ः कर्णालीबाट प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवार गोमा गौत्तम कुंवरले सरकारी बिद्यालयमा गणस्तर शिक्षा र बालविवाहको समस्या न्यूनीकरणका लागि पहल गर्ने बताएकी छन् । कर्णालीमा सबैभन्दा बढी बालविवाहको देखिएकाले यी मुद्धाहरुमा रहेर काम गर्ने उनको भनाइ छ । गोमा लाई गठबन्धनको तर्फबाट जुम्लामामाओवादी केन्द्रले प्रतिनिधि सभा सदस्यको लागी साझा उम्मेदवार बनाएको हो ।

बालविवाहको लागी कानुन बनाएर मात्र हुँदैन’ उनी भन्छिन्, ‘यसको लागि उनीहरुको मानसिकता नै परिवर्तन गर्न जरुरी छ , । उनी भन्छन जुम्ला लगायत कर्णालीका धेरै बालवालिका गरिबी र अशिक्षाको कारण शिक्षाको पहुजबाट बाहिरछन । यहाँ बालविवाह बढ्दो मात्रामा रहेको भन्दै यसलाई विशेष योजना बनाएर न्यूनीकरण गर्न जरुरी लाग्ने बताइन ।

‘महिलालाई दया र मायाको पात्र बनाइन्छ’ उनले महिला जागरण संग कुरा गर्दै उनी भन्छिन्, ‘अहिले कर्णालीमा ठुला दलको तर्फबाट प्रत्यक्षमा म एक महिलाको मात्र उम्मेदवारी प्राप्त भएको छ । गोमा कुँवर जुम्लाबाट पहिलो पटक प्रत्यक्ष उम्मेदवार बनेकी छिन् । माओवादी केन्द्रतर्फबाट प्रतिनिधित्व गर्दै गोमा यसअघि राज्यमन्त्री समेत बनिन् ।

सम्बन्धित समाचार