भवन अभावको समस्या भोग्दै आएको रुपाकोट बिद्यालयमा चार कोठे भवन निर्माण


जुम्ला ः जुम्लाको हिमा गाउँपालिकामा रहेको रुपाकोट आधारभुत विद्यालय बाजागाडमा पक्की भवन निर्माण भएको छ । बिगत केही समय देखी कक्षा कोठाको अभावको समस्या खेपिरहेको राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तरगत चारकोठे भवन निर्माण गरिएको हो ।
त्यस्तै प्रधानाध्यापक शान्ति शाहीका अनुसार हिमा गाउँपालिकाकै दुर्गम गाउँ बाजागाडा र रुपाकोट आधारभुत विद्यालय ओझेलमा परेको थियो । उनका अनुसार चारकोठे भवन निर्माण भएको पछि बिद्यार्थी हर्षित भएका छन ।

प्रधानाध्यापक शाहीले सरोकारवाला निकायको सहयोगमा भनव निमार्ण भएपछि ३ कोठामा ६ कक्षा संचालन गर्नुपर्ने वाध्यता अव हटेको छ । उनले भनिन, वालवालिकाले सुख मनले कक्षा कोठमा बस्न पाउने भएका छन । उनका अनुसार ३६ लाखको लगानीमा टिनले छाएको दुईतले पक्की भवन निर्माण भएको छ ।गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले सो भवनको उद्धाटन समेत गरेका छन। अध्यक्ष शाहीले अव विद्यालयमा आउने विग्रएको बाटो बनाउने र घेरवारमा गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता गरे ।

प्रधानाध्यापक शाहीले त्यस्तै भवन एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य खम्वा शाहीले रुपाकोट आधारभुत विद्यालयको भवन अभाव भएको समयमा संरचना बन्नु अत्यान्तै राम्रो भएकाले पहल गर्ने विद्यालय, प्रधानाध्यापक देखी गाउँपालिकाको शिक्षा शाखा, जिल्ला शिक्षा समन्वय ईकाइ, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष पूर्ण दवाडी र मन्त्री देवेन्द्र पौडेललाई प्रति आभार ब्यक्त गरिन । उनले सो विद्यालयमा यस बर्ष पनि राष्ट्र«पति शैक्षिक कार्यक्रमको रु ५५ लाखको भवन परेको छ ।

कक्षाकोठा नै अभाव भएको विद्यालयमा पक्कि भवन वनेपछि अभिभावक समेत खुशी भएका छन् ।त्यस्तै स्थानीय अलि रोकायाले हाम्रो गाउँमा अहिले सम्मकै सवैभन्दा ठूलो विद्यालय भवन परेको बताए । उनले प्रधानाध्यापक सहित बिद्यालय परिवारलाई धन्यवाद दिए । रुपाकोट आधारभुत विद्यालय बाजागाडामा कक्षा १ देखी ८ कक्षा सम्म अध्ययन भईरहेको छ । , त्यहा अध्यायनरत्त ३ सय ४ जना विद्यार्थी रहेका छन् ।

 


error: Alert: Content is protected !!