नेकपामा विभागीय नेतृत्व टुङगो लगाउन आज छलफल हुँदै ।।
सत्तारुढ नेकपाभित्र विभागीय नेतृत्व टुङगो लगाउन आज छलफल हुँदैछ । यसअघि दुई पार्टी, पूर्व एमाले र पूर्व माओवादीका आधारमा भएको भागबण्डालाई आधार मानेर जिम्मेवारी तोकिनेछ । अरु विभागमा सहमति भएपनि स्कूल विभागमा विवाद छ । सबैभन्दा खिचातानीमा परेको स्कुल विभाग दुई अध्यक्षले आफै राख्ने गरि आज सहमति खोज्न लागिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलले विभाग प्रमुखमा दाबी नछाडेपछि विवाद बढेको हो । ३२ विभागमध्ये १८ पूर्व एमाले र १४ वटा पूर्व माओवादीले लिने सहमति भइसकेको छ । सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी भइरहेको तर समय एकिन भइ नसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।







