डाउनहिल साइक्लिङमा दुवै स्वर्ण आर्मीलाई

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबार भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिला दुवैतर्फ नेपाल आर्मीले स्वर्ण जितेको छ ।

पुरुषतर्फ नेपाल आर्मीका राजेश मगरले १४ सय मिटरको दुरी रहेको डाउनहिल एक मिनेट ४९‍।१० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका छन् । त्यस्तै बागमती प्रदेशका निरभ श्रेष्ठले एक मिनेट ५२.१० सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक पाए । एपीएफका प्रचित थापा मगरले एक मिनेट ५५.६९ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितेका हुन् ।

यता, महिलातर्फ पनि सोही दूरी नेपाल आर्मीकी निस्मा श्रेष्ठले दुई मिनेट २३.५८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी छिन् । रजत पदक पनि नेपाल आर्मीकै उषा खनालले जित्न सफल भइन् । उषा खनालले दुई मिनेट ३७.४५ सेकेन्डमा पूरा गरेकी थिइन् । त्यस्तै दुई मिनेट ४०.०९ सेकेन्डमा दूरी पूरा गर्दै गण्डकी प्रदेशकी जमुना थापाले कास्य पदक जित्न सफल भइन् ।

शनिबार भएको साइक्लिङको डाउनहिल विधामा नेपाल आर्मीले दुई स्वर्ण, बागमती प्रदेश र नेपाल आर्मीले १–१ रजत त्यस्तै गण्डकी प्रदेश र एपीएफले १–१ कास्य पदक जित्न सफल भएका छन् ।

सात प्रदेश र तीन विभागीय क्लब गरी १० टिमको साइक्लिङको डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधामा सहभागिता जनाएका छन् ।

सम्बन्धित समाचार