महिला फुटबलमा एपीएफ र प्रदेश १ विजयी, कर्णालीको पोस्टमा १६ गोल

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलमा एपीएफ र प्रदेश १ ले जित हात पारेका छन्।
स्याङ्जाको वालिङमा शनिबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई १६–० को फराकिलो गोल अन्तरले पाखा लगाएको हो।

एपीएफको जितमा सावित्रा भण्डारीले ५, सरु लिम्बुले ३, अनिता केसी र रविना गोलेले समान २ गोल गरे। प्रीति राई, सविता राना, मनमाया लिम्बु र गिता रानाले एक एक गोल गरे।

आजै भएको अर्को खेलमा प्रदेश १ ले आयोजक गण्डकी प्रदेशलाई २–१ गोलले पराजित गरेको छ।

प्रदेश १ को जितमा अञ्जना थुलुङ र अनिता गुरुङले एक एक गोल गरे। घरेलु टोलीका लागि शान्ति नेपालीले सान्त्वना गोल फर्काइन्।

खेलको ३६ औँ मिनेटमा अन्जनाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। ६३ औँ मिनेटमा अनिताले गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन्।

खेलको ८१ औँ मिनेटमा घरेलु टोली गण्डकी प्रदेशकी शान्ती नेपालीले शान्त्वना गोल फर्काइन्।

सम्बन्धित समाचार