बिपद्को समयमा दोब्बर भाडा असुल्ने दाउमा निजि एयर लाइन्सहरु

जुम्ला ः अबिरल वर्षाका कारण जुम्लामा बाढी पहिरोले ठुलो क्षेती भएको छ । ठाउँठाउमा पहिरोले गर्दा कर्णाली राजमार्ग अबरुद्ध भएको छ । राजमार्ग खुल्नका लागी सबै निकाय लागेका छन । त्यो राजमार्ग पुर्णरुपमा संञ्चालन हुन लामो समय लाग्ने देखिएको छ ।
नियमित उडान नभरेर एकतर्फी मात्रै यात्रु हुने र सञ्चलान खर्च धान्न नसक्दै भन्दै वायुसेवा कम्पनीले चार्टर्ड उडानको भन्दा बढी भाडा लिएर टिकट बिक्री गर्ने धन्दा एयरलाइन्सहरुको चलिरहेको थियो । तर लोकसेवा आयोगको परिक्षा दिने बिद्यार्थी प्रतिब्यक्ति १४ हजार सम्म हवाइभाडा तिरेर पनि उठ्न पाएनन । उनीहरु प्रशासन धाउन थाले ।
परिक्षा दिने बिद्यार्थी र गम्भीर खालका बिरामी र प्रतियोगितामा भाग लिने खेलाडीलाई प्रथामीकता दियर उडाउन भर्नका लागी जुम्ला प्रशानले बिद्यार्थीको लिष्ट बनायो ।
त्यही प्रथामिकताका अधारमा प्रशानले प्रवेश पत्र मागेर लोग सेवा आयोगको परिक्ष दिन मिति हेरेर बिद्यार्थी हवाई जहाजमा पठाएको थियो । जसमा ३८ जना बिद्यार्थी १३ जना खेलाडी , दुइ जना बिरामी पठाईको साहक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले हिमा गाउपालिका राहत पुर्याउन आएको नेपाली सेनाको हेलिकप्टरलाई अनुरोध गरि ६ जना एसडिबिमा परिक्षा दिने बिद्यार्थी पठाइएको बताए । उनका अनुसार यहा प्रशासनले कुनै पनि आफ्नो कर्मचारी पठाईएको छैन । केही भिसा लगाइएका र बिरामी र बिद्यार्थी पठाइएको छ । उनले भने,”प्रशासनले जाहजको टिकट बाँड्ने होइन । गुनासो गर्न आएका नागरिकको समस्या समाधानको लागी एयरलाइन्स संग रिकोर्ष गरेको हो ।
परिक्षा दिने परिक्षार्थीले जाहजको टिकट नपाएको भन्दै प्रशासन हेराउ हालेपछि उनीहरुको प्रवेश पत्रको आधारमा लिष्ट तयार पारेको हो । प्रअिज केशरीका अनुसार प्रशासनले बिद्यार्थीको भबिष्यलाई मध्य नजरगरी एयरलाइन्स संग रिकोर्ष गरी केही बिद्यार्थी पठाएको हो । उनले भने, त्यस्तै लाखौ रकम खचेर भिसा लगाएको केहीलाई उठाइएको छ ।
त्यस्तै जुम्लामा यतिवेला मात्रै नभइ लामो समयदेखि नै यी हवाइ सेवा प्रदायकको टिकट बुकिङ एजेन्टमार्फत हुँदा नागरिकले सास्ती पाएका छन ।
एजेन्टमार्फत टिकट वितरण हुने प्रणालीका कारण तालिका (सेड्यूल) अनुसार उडान हुने फाइदा नागरिकले लिन नपाएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनका अनुसार जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनीमार्फत हुने भएपनि अन्य निजी विमान कम्पनीहरूले एजेन्टमार्फत टिकट बिक्रीवितरण गर्दा यसको फाइदा नागरिकले लिन नपाएकाले हुन ।
नियमित उडान भन्दा चार्टर्ड उडानको धन्दा बढी
नागरिक उड्डयन प्राधिकरण जुम्लाका अनुसार अक्टोवर महिनाको १५ दिनमा समिट एयरले सात वटा उडान भरेको छ । जसमा चार वटा नियमित र तिन वठा चार्टर्ड उडान गरेको छ । तारा एयरले चारवटा उडान भरेको छ भने जसमा एक चार्टर्ड उडान गरेको छ । नेपाल एयरलाइन्सले एक वटा उडान मात्रै गरेको छ ।
नेपाली र सुर्खेत देखी यात्रु भएपनि एकतर्फी मात्रै यात्रु हुने र सञ्चलान खर्च धान्न नसक्दै भन्दै ज जुम्लामा संञ्चालन हुने हवाइजाहज चार्टर्ड उडानको टिकट बिक्री गरिरेहका हुन्छन ्। जुम्लाका नागरिक पटक पटक नियमित हुदा वा नहुदम उडानमा दोब्बर भन्दा बढी भाडा तिर्दै आएका छन । यसका लागी पर्यटन मन्त्रालयले आवश्यक अनुगमन गरेर सम्बन्धित वायुसेवालाई जानकारी गराएको खेदिदैन ।
जुम्लाबाट सेडुल उडानमा यात्रा गर्ने यात्रुको भाडादर ६ हजार नौसय छ । तर चार्टर्ड उडानका लागी १४ हजार तिर्ने गरेका छन । त्यस्तै नेपाल एयरलाइन्सले ६ हजार ५ सय ७५ रुपैया लिदै आएको छ । जुम्लाका सरोकारवाला नियमित उडानको प्रक्रिया र उडान सञ्चालन मौन बसेका छन । उल्टै उनीहरुनै चार्टर्ड उडानमा महंगो हवाई भाडा तिरि जानेगरेका छन ।
यस्तो छ सेडुल उडान
नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिका अनुसार जुम्लामा तारा एयरले मंगलबार र समिट एयरको शुक्रबार उडान भर्नुपर्ने तालिका (सेड्यूल) छ। त्यस्तै नेपाल एयरलाइन्सले आइतबार उडान भर्नु पर्छ।तर पछिल्लो समयमा नेपाल एयरलाइन्सले आइतबार उडान भर्ने सेड्यूल कागजमै सिमित छ ।
जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनीमार्फत हुने नेपाल एयरलाइन्सले महिना तिन वटा मात्रै उडान भर्ने गरेकाले जुम्ली जन्ता निजिऐयर लाइन्सको महंगो हवाई भाडा तिर्न बाध्य रहको नागरिक समाजका अध्यक्ष महतको भनाइछ ।उनले जुम्लामा नेपाल एयरलाइन्सलेको उडान थप्नु पर्छ । यसको लागी सबैको ध्यान जानजरुरी छ । यि कमाउ धन्दामा लागेको निजिऐयर लाइन्सहरु सेवा मुखि भन्दा पनि कमाउ मुखी छन । त्यस्तै जुम्लादेखि नेपालगञ्जको यात्रा जहाजमार्फत गरेका एक यात्रुले भने, ’ जुम्लाको हवाइ सेवा अस्तव्यस्त छ, । यतिवेला मात्रै होइन जहिले पनि हामी समान्य नागरिकले टिकट पाउन तोकिएको भाडाभन्दा बढी दिनु पर्छ, नत्र सम्भव हुँदैन। ’
तालिका उडान तथा चार्टर उडान उस्तै
तालिका (सेड्यूल) अनुसार हुने उडान र चार्टर उडानमा कुनै भिन्नता नभएको यात्रुहरूको गुनासो छ।नेपालगञ्जबाट खाली आउनुपर्ने वहाना बनाएर विमान कम्पनीले मोटो रकम असुल्ने गरेको उनीहरूले बताउने गरेका छन्। यसले गर्दा यहाँका जनताले तालिका (सेड्यूल) अनुसार उडान भर्ने हवाइजहाजको फाइदा दिन पाएका छैनन्। तालिका (सेड्यूल) सेवाका लागी नभइ देखाउनका लागी मात्रै राखिएको पाइन्छ ।
टिकट वितरणमा एजेन्टकै हाली मुहाली
लामो समयदेखि नै यी हवाइ सेवा प्रदायकको टिकट बुकिङ काण्टरबाट नभइ एजेन्टका गोजी र फोन मार्फत हुँदा नागरिकले सास्ती पाएका छन् । निजी विमान कम्पनीहरूले एजेन्टमार्फत टिकट बिक्रीवितरण गर्दा यसको फाइदा नागरिकले लिन नपाएका हुन्।
एजेन्टले यात्रु दुवैतर्फ हुँदा उडान गर्ने र एकतर्फीमात्रै हुँदा पनि महङ्गो भाडा उठाउने गरेको गुनासो सर्वसाधारणको छ। जुम्लामा हवाइ उडान भर्ने सबैजासो एयरलाइन्स कम्पनीको टिकट एजेन्टले सुरु मै बुकिङ गर्ने भएकाले जुम्लाबासीले वर्षौदेखि यातना खेप्दै आइरहेका छन्। एजेन्टमार्फत टिकट वितरण हुने हुँदा यात्रुले मंहगो रकम तिर्नु परिरहेको छ। एयरपोर्ट स्थापनादेखि नै यो समस्या भए पनि समाधान गर्न तर्फ कुनै पनि निकाय अग्रसर भएको छैन।
यात्रुले गरिरहेका गुनासोबारे नेपाल नागरिक उड्डयन प्रराधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारी भन्छन’यसमा हाम्रो कुनै हात हुँदैन। हामी आफैँ टिकट पाउँदैनौँ। निजी विमान कम्पनी एजेन्टसँग सम्झौता गरेको हुन्छ। यसको जिम्मेवार कम्पनी र एजेन्ट हुन्। उनले भने, जब सम्म हवाइजाहजको संख्या थप हुदैन यसको समस्या रहिरहने छ । उनले भने, ’यात्रुको गुनासो छ ।
फोन र पावरकै भरमा टिकट वितरण गर्ने एजेन्टकै मनोमानीका कारण सर्वसाधारणले सास्ती पाउनु पर्ने बाध्यता छ। यसअघि धेरै भाडा लिने गरेको भन्दै जुम्ला प्रशासनमा उजुरी पनि परेको थियो। जुम्लाबाट उडान भर्ने हवाइजहाजले यसरी बिपदको समयमा पनि खुलेआम मोटो रकम असुल गर्ने गरेको भए पनि सम्बन्धित निकाय भने मौन रहेको सर्वसाधारणको गुनासो छ।








