जुम्ली जनता प्रति हवाई कम्पनीहरुले गरेको अमानवीय ब्यवहार प्रति समन्वयको ध्यानाकर्षण

जुम्ला ः जुम्लाको एक मात्रै भरपदो यातायातको सादन हवाई सेवा मनिएको छ ।जुम्ला जिल्ला सडक यातायातको पहुँचमा रहे पनि कर्णाली राजमार्गको स्तरोन्नतिको अभाव तथा सडकको दयनीय अवस्था भएकाले हवाई यातायात नै जुम्लाको लागि एकमात्र भरपर्दो र सुरक्षित मानिदै आएको छ ।

त्यस्तै हवाई यातायातको लागि एक मात्र सरकारी नेपाल वायु सेवा निगमको नेपाल एयरलाईन्सले हप्ताको एक दिन र निजि हवाई कम्पनीहरुले दैनिक जसो सेवा दिइरहेको देखिन्छ ।तर दशै तिहार जस्ता चाड निजी हवाई कम्पनीका जहाजहरु पनि दशै तथा तिहारको बेला जुम्लामा उडान नगरि आफ्ना जहाजहरु पूर्वतिर सारेर जुम्ली जनतालाई सहज यातायातको पहुँचबाट बञ्चित भएको भन्दै जिल्ला समन्वय समितिले संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय सिंहदरवार काठमाण्डाँैको ध्यानाकर्षण गराएको हो ।

त्यस्तै हवाईसेवा नियमित नहुदा जुम्लाका बिरामी,वृद्धवृद्धा , जुम्ला जिल्लामा कार्यरत्त कर्मचारीको तथा उच्च शिक्षा अध्ययनका आएका विद्यार्थी र अन्य नागरिकहरुलाई जिल्ला फर्कन समेत असहज अवस्थाको सृजना भएको जुम्लाका समन्वय प्रमुख गौरी नन्द आचार्यले बताए । उनले भने,”जुम्लाका नागरिकले मात्रै नभइ यति बेला जुम्लामा रहेका अन्य ठाउँमा यात्रुले समेत सास्ती पाएका छन । जति वेला हवाई सेवाको आश्यक हुन्छ तेतीवेला जुम्ली जनता प्रति हवाई कम्पनीहरुले गरेको अमानविय ब्यवहार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

त्यस्तै उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ,निजी हवाई सेवा प्रदायक कम्पनीहरुले प्रत्येक दिन कम्तिमा एउटा फ्लाईट र नेपाल एयरलाईन्सले समेत नियमित सेड्यूल फ्लाईट राख्ने व्यवस्था मिलाउन हुन आवश्यक निर्देशन गरिदिनहुन सादर अनुरोध गरिन्छ ।

संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मन्त्री ज्यूको निर्देशन पश्चात पनि जुम्लामा फ्लाईट नराखेमा आगामी दिनहरुमा यसलाई गम्भीर रुपमा लिईने छ ।जुम्लाले पनि प्राईभेट हवाई सेवा प्रदायक कम्पनीहरुलाई कुनै पनी सहयोग गर्न नसक्ने समेत निर्णय भएको बताइएको छ ।

त्यस्तै जिल्ला समन्वयका प्रमुख आर्चायले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र ,जिल्ला प्रशासन कार्यालय जुम्ला ,नागरिक उड्यान कार्यालय जुम्ला ,पत्रकार महासंघ जुम्ला, नेपाल एयरलाईन्स जुम्ला ,सिता एयरलाईन्स जुम्ला, तारा एयरलाईन्स जुम्ला, समिट एयरलाईन्स जुम्ला ,नागरिक समाज जुम्लालाई वोधार्थ दिइएको छ ।

 

 

सम्बन्धित समाचार