एक वर्षमा पाँच सय स्याउका बिरुवा रोप्नुहोस सरकार सहयोग गर्न तयार छ : अर्थमन्त्री शर्मा

जुम्ला ः नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखीय योगदान रहेको बताए ।उनले एक किसानले एक वर्षमा पाँचसय स्याउका बिरुवा रोप्नु पर्ने बताए । उनले कृषि उत्पादन बृद्धि बिना मुलुकको आर्थिक समृद्धी समभव छैन । उनले भने,’किसानलाई प्रोत्साहन,सहुलियत कर्जा,उत्पादीत बस्तुको बजारीकरण तथा ढुवानीमा सहुलियत दिन सरकार तयार छ । अर्थमन्त्री शर्माले कर्णाली संग सम्रग मुलुकलाईनै पाल्न सक्ने सामाथ्र्य भएकोले कर्णालीमा लगानी बढाउन जरुरी छ ।

किसान पेसन कार्यक्रमलाईदुर्गममा पुराउन,किसानलाई उपयुक्त प्रविधि मल विउ समयमै पुराउन समेत सरकार गम्भीर छ ।
जुम्लाको गुठिचौर गाँउपालिका ५ स्थित गुठिचौर एग्रोफर्मको उउद्घाटन गर्न शनिवार जुम्ला पुगेका अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न र बलियो बनाउन कृषि क्षेत्रको योग्दान महत्वपुर्ण रहेको उल्लेख गरे । उनले भने ,“जुम्लाको स्याउ,सिमि र ओखरलेनै जुम्लाको अर्थतन्त्रमा सुधार ल्याउँछ । तीनै तहका सरकारले कृषिमा यूवा आर्कषित गर्ने नीति ल्याउन जरुरी छ । गुठिचौर एग्रो फर्म जुम्लाको आर्थिक विकासका एक आयाम हो ।

संघिय सरकारले दुर्गमक कृषि क्षेत्र उत्थानका लागि आबश्यक लगानीको नीति बनाउँछ ।कर्णाली कृषि,पर्यटन,जडिबुटीका हिसाबले प्रचुर सम्भावना युक्त प्रदेश भएपनि ठोस नीति र प्रयाप्त बजेट अभावले कर्णालीको अर्थतन्त्र सुधार नभएको बताए । जुम्लाका उत्पादनलाई सहज रुपमा बजारमा पुराउन,किसानलाई सहुलियत दिन तथा विचौलिया लाई पाखाँ लगाउन सरकारले ठोस नीति लिने समेत अर्थमन्त्री शर्माले प्रतिबद्धता गरे ।

कर्णालीको कृषिमा प्रयाप्त लगानी भए कर्णालीको गरीबी पाँच वर्षमा अन्त्य हुने समेत उनको दाबी छ । जुम्ली उत्पादनलाई राष्ट्यि तथाअन्तराष्ट्यि बजारमा पुराउने सहज वाताबरण बनाउन सरकार लागि परेको बताए ।

त्यस्तै सांसद गजेन्द्र बहादुर महतले गुठिचौर एग्रोफर्म जुम्लाकै नमुना र आर्थिक समृद्धीको आधार रहेको बताए । उनल गुठिचौर एग्रोफर्मले सयौलाइ रोजगारी सृजना देखि कृषि क्रान्तीको सुरुवात भएकोमा खुसी व्यक्त गरे ।उनले भने,” गुणस्तरीय स्याउ उत्पादन जोड दिन अनुरोध गरे । उत्पादन बढे बजारीकरणको चिन्ता नहुने बताए ।

त्यस्तै गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले निम्न वर्गिय नागरिकको जीवनस्तर उकास्न कृषिमा पालिकाले लगानी बढाउने बताए ।२०७५ सालदेखी सुरुवात गरिएको गुठिचौर एग्रोफर्ममा १३ करोड लगानी गरेर ३३ हजार विरुवा रोपिएको संचालक मिम वहादु भण्डारिले बताए । ५० हजार विरुवा रोप्ने लक्ष्य राखिएको छ । भण्डारीले भने ,“जुम्लाकै ठुलो स्याउ बगैचा उद्घाटन गर्न अर्थमन्त्री ल्याउनु जुम्लाको सम्भावनालाई देखाउन खोजिएको हो ।

जुम्लाले कृषि क्रान्ती शुरु गर्छ । स्याउलाई आर्थिक समृद्धीको मेरुदण्डका रुपमा खेती गर्न जरुरी छ ।जुम्लाले एक घर एक बगैचाको अवधारणा अघि सारेपछि स्याउ बगैचा लगाउनेको होडवाजी नै चलेको अर्थ मन्त्रीका जनसल्लाहाकार बिज्ञ मनऋषि धितालले बताए ।उनले भने, यहाँ उत्पादित स्याउ सुर्खेत, नेपालगंज, कोहलपुर, काठमाडौं, बुटवल, दाङ र नारायणघाटको शहर सम्म पुगाउनका लागी सरकार तयार रहेको बताए ।

सम्बन्धित समाचार