चाडपर्वलक्षित जुम्ला बजार अनुगमन : उपभोत्ता सचेत नभए अनुगमनको कुनै अर्थ छैन

जुम्ला ः नेपालीको महान चार्ड वडादसैँ नजकिदै गर्दा जुम्ला बजार अनुगमन गरिएको छ । दसैँ–तिहारमा हुन सक्ने कृत्रिम अभाव ,म्याथ गुज्रेका अखाद्यय बस्तु र अस्वाभाविक मूल्यवृद्धिलाई नियन्त्रण गर्न संयुक्त बजार अनुगमन गरिएको हो । जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल भन्छिन, जुम्लाका व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा परेका छन ।उनका अनुसार हरेक स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति गठन भए पनि काम गर्न सकिरहेका छैनन् ।


सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समितिले सदरमुकाम खलंगादेखि ग्रामीण बस्तीसम्म पटक पटक बजार अनुगमन गरेको गर्दै आएको छ । उनले भनिन, यहाँका व्यापारीले अझै पसल अगाडि मूल्यसूची राख्न मानेका छैनन् । मूल्यसूची नराखेपछि एउटै वस्तुको मूल्य पनि पसलैपिच्छे फरक–फरक रहेको उपभोक्ताको गुनासो छ । अझै पनि केही होटल तथा पसल करदाता सेवा कार्यालयमा दर्ता हुन सकेका छैनन् । मिति नाघेका उपभोग्य वस्तु खुलेआम किनबेच भइरहेको छ । लेबलमा उत्पादन मिति प्रस्ट खुलाएको भेटिँदैन ।

त्यस्तै खाद्यय प्रविधि तथा गुणनियन्त्रण डिबिजन कार्यालय जुम्लाका प्रमुख डाक्टर इश्वर सुवेदीले सदरमुकाम खलंगाका ठूला व्यापारीले नै मिति सकिएको सामान पसलबाट नै अखाद्य वस्तु ग्रामीण भेगका पसलमा पठाउने गरेको भेटिएको छ । उनले तेहि सामान ग्रामिण बस्तीका दर्ता नभएका पसलबाट नै अखाद्य वस्तु बिक्री भइरहेको हुन्छ । यसलाई स्थानीय सरकारले पनि कडाइका साथ बजार अनुगमनलाई लिन सकिरहेको अवस्था छैन । सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालको संयोजकत्वमा भएको संयुक्त अनुगमनमा जुम्ला बजारको बसपाकमा रहेका पसलहरुको अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा बिस्कुट कोकोकला , स्प्राइट, रेडबुल जस्ता म्याद सकिएकोसामान भेटिएको छ । खाद्य अनुसन्धान अधिकृत डा. सुवेदीका अनुसार पसलमा ढक तराजु क्यालिब्रेसन अपडेट नभएको, साइनबोर्ड नराखेको, खाद्य अनुज्ञापत्र नलिई उत्पादन तथा बिक्रीवितरण गरेको भेटिएको पाइने गरेको छ । जिल्ला प्रशासन कार्यालय संयोजक रहने गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयको टोली अनुगमनमा निस्किएको थियो ।

पछिल्लो समयमा जिल्लाको एक नगरपालिका सहित आठवटा गाउँपालिकाको केन्द्रमा स्थानीय बजार स्थापना भइसकेका छन् । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रतिनिधि नन्दमाया रोकायाले समयमै करको दायरामा आउनका लागि व्यवसायीलाई आग्रह गरिन । उनले भनिन, ‘अनुगमनका क्रममा धेरै समस्या देखियो ।सबै समस्या समाधानका लागि विधिवत् रुपमा व्यवसाय दर्ता गर्न सुझाव दिएका छौँ । व्यवसायीले अनुगमन समितिको सुझाव नमान्नु र सदरमुकामदेखि गाउँसम्म अखाद्य वस्तु लैजानुले समस्या निम्त्याएको छ ।

सम्बन्धित समाचार