माओबादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष केसीको इमान र अब्लता


जुम्ला ः नेतृत्वको तहमा रहेका माहिलाको इमान र अब्लताले सबै नेृित्वले पाठ सिक्नु पर्ने आबश्यक छ । २ं७४को निर्वाचनमा निर्वाचित भयर नेतृत्वमा आएका महिलाको प्रभावकारी काम कर्यासम्पादन नै महिला नेतृत्व समाज बिकासको लागी आबश्यक छ भन्ने कुरा प्रष्ट पारेको छ ।
पुरूषका तुलनामा महिलामा रहेका प्राकृतिक गुण तथा विशेषता (नम्रता, आत्मनियन्त्रण, संवेदनशीलता, सामाजिक दक्षता, समानुभूति आदि) नेतृत्वका लागि बढी प्रभावकारी पाइएका हुन । नेतृत्वमा महिलाको कुरा उठाउँदा पटक–पटक अवसर पाइरहेका तिनै पहुँचवाला महिलाहरूको मात्रै हालीमुहाली भने हुनु हुँदैन भन्ने सग्रह जन्ताको अपेक्षा छ । महिला भित्र पनि समावेशीकरण हुनुपर्छ ।स्थानीय निर्वाचनमा दलहरूले उठाएका उम्मेदवारको समावेशितालाई लिएर बहस भइरहेको छ । खास गरी उपाध्यक्ष वा उपमेयर चलाएका धेरै महिलालाई अध्यक्ष वा मेयर पदमा प्रत्याशी बन्न खोज्दा पार्टीहरूले टिकट दिन नमानेको पाइन्छ  ।

महिला नेतृत्वले गरेका काम उनिहरुको निर्वार्थ भावनाले जन्ता महिला नेतृत्व प्रति सन्तुष्ट छन । त्यस्तै आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको टिकट पाउन सबै पार्टीका नेताहरुले आ–आफ्ना शक्ति केन्द्रहरु धाइरहेका छन् ।

समानुपातिक निर्वाचन प्रणाली अन्तरगत दलहरुले असोज २ गते नै उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा पेश गर्नुपर्ने कार्यले पनि नेताहरुको दौडधुप चलिरहेको हो । टिकट हत्याउन नेतृत्वलाई फकाउने होडमा नेताहरु लागि परेका छन् । उनीहरु प्रदेश तथा केन्द्रीय नेतृत्वको मन जित्ने कोशिसमै छन् ।टिकटका लागि साना पाटीहरुमा त्यस्तो प्रतिस्पर्धा देखिदैन । ठूला पार्टी र विशेषगरी गठबन्धन दलभित्र भने टिकट लिन भने आ–आफ्नो शक्ति प्रयोग गर्ने अभ्यास पेचिलो बन्दै गएको छ । गठबन्धनभित्र टिकट नपाए बागी वा स्वतन्त्र उठ्ने धम्की पनि नेतृत्वले खेप्नुपरेको छ । तर पार्टीभित्र टिकट पाउन यसरी दौडचलिरहेको बेला भने नेकपा (माओवादी) केन्द्रका कर्णाली प्रदेशका अध्यक्ष तथा पूर्वमन्त्री बिमला केसीले यसपटक चुनाव नलड्ने घोषणा गरेकी छन ।

मंशिर ४ को चुनावी तयारीको चलिरहेको वेला उनी सँग नेता कार्यकर्ताको भेटघाटको तातो चलिरहेको छ । प्रदेश अध्यक्ष केसीले यस पटक ५ बर्ष सम्म पाटीको लागी कुर्वानी गर्ने बताएकी छन । अध्यक्ष कसी यतिबेला आफै टिकक सिफारिस गर्ने ठाउमा छन ।
उनले अरु महिला नेतृत्वको लागी अवसर  दिने र ५ वर्ष पार्टी चलाउने सोच राखिन ।त्यसपछि माओवादी कर्णालीकै अध्यक्षले यस पटक सहकर्मीलाई मैदान छोडिदिएको पुष्टि भएको छ । उनले यो पाँच वर्ष पाटी संगठन चलाउने र सहकर्मीहरुलाई प्रतिनिधि तथा प्रदेशसभा सदस्य जान अवसर प्रदान गर्ने बताइन ।

“सकेसम्म समानुपातिक उम्मेदवारमा कोही नदोहोरिने भन्ने उनको जोड छ । उनी भन्छिन ,मैले प्रत्यक्ष तथा समानपातिक टिकट नलिने संकल्प गरे । मैले मात्र टिकट पाउनुपर्छ भन्ने सोचमा छैन अध्यक्ष केसीले भनिन , ” नपाए जे पनि हुन सक्छ भन्ने धारणा सबैले बदलेर देश र जनताका लागि जस्तो सुकै काम गर्न तयार हुनुपर्छ भन्ने सन्देश दिन पाँच वर्षका लागि चुनाव नलड्ने घोषणा गरेकी हुँ ।
आगामी मसिंरमा सम्पन्न हुने चुनावबाट कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बन्ने संभावना भएपनि अहिलेलाई सो अवसर त्याग गरेको उनको भनाई छ । उनले “बिगतमा सरकार चलाएको अनुभव भएपनि अहिले मैले त्यो अवसर सहकर्मीहरुका लागि छोडेको छु ।

पछिल्लो पाँच वर्षका लागि हुने चुनावबाट सरकार प्रमुखका लागि तयारी मेरो हुने छ ।” यो पाँच वर्षमा पार्टी संगठन सुदृढीकरण गर्ने मेरो प्रमुख कार्यभार रहेको छ । उनका अनुसार सरकारले पार्टी चलाईरहेको देखिएको जस्तो अवस्था भएकोले धेरैलाई सत्ता ठूलो हो र यो नभई हुन्न भन्ने भान भएको छ । यो सब चिरफार गर्नु पर्छ । सत्ता नै सर्वथोक हो भन्ठान्ने नेता तथा कार्यकतालाई अब पार्टी नै ठूलो रहेछ भन्ने बनाउछु । पार्टीले सरकार चलाउने गरी काम अगाडि बढ्छ र पार्टी सञ्चालनको अनुभव संगाल्छु ।”

प्रदेश अध्यक्ष केसीले ५ वर्षमा गुटविहिन् पार्टी बनाउने
मुलुकमा मौजुदा रहेका पार्टीले महिलालाई नेतृत्व नदिएको अवस्थामा कर्णालीमा भने नेकपा (माओवादी केन्द्र)ले गत मंसिरमा प्रदेश समितिको अध्यक्षमा केसीलाई सर्वसम्मत निर्वाचित गर्यो । यसलाई अध्यक्ष केसीले नीतिगत तहमा सबै वर्ग, क्षेत्र, जातिको अर्थपूर्ण सहभागिता हुनुपर्ने नीति अनुरुप माओवादीले अख्तियार गरेको समावेशी, समानुपातिक सिद्धान्तको उपज र उपलब्धि दुवै भएको बताइन ।

करिब एक वर्षको कार्यकाल बिताउँदै गरेकी अध्यक्ष केसीले इतिहासमा महिलाले पहिलो पटक नेतृत्व सम्हाल्नुले महिलाहरु सक्षम छन् भन्ने सन्देश दिएको बताउछिन । उनले भनिन, “अन्तरसंघर्षले पार्टीलाई जीवन्त बनाउन सघाई राख्छ । यद्यपि गुटले पार्टी विभाजनको खतरा पनि त्यत्तिकै निम्तिन्छ । यस्ताखाले खतरा उत्पन्न हुन नदिन नेतृत्व संवेदनशील हुनुपर्दछ ।यसमा म संयम छु ।”पाटीमा विद्यमान सबैखाले विकृतिको अन्त्य गर्ने भूमिकामा आफूलाई सक्रिय बनाईराख्ने अध्यक्ष केसीले बताइन । उनका अनुसार कर्णालीमा नेकपा (माओवादी केन्द्र)लाई गुटविहिन र मोडेल पार्टीका रुपमा स्थापित गर्ने संकल्प गरिएको छ ।

महिला नेतृत्व प्रभावकारीताको उदारण हुन केसी
पुरूषका तुलनामा महिलामा रहेका प्राकृतिक गुण तथा विशेषता (नम्रता, आत्मनियन्त्रण, संवेदनशीलता, सामाजिक दक्षता, समानुभूति आदि) नेतृत्वका लागि बढी प्रभावकारी पाइएका छन  । जसको उदारण हुन नेकपा माओबादी केन्द्रकी प्रदेश अध्यक्ष बिमला केसी । उनी कर्णाली प्रदेशमा प्रभावशाली महिला नेतृका रुपमा परिचित थिइन । उनको कार्यसम्पादन र प्रभावले विसं.२०७८ मंसिर २९ गते नेकपा (माओवादी केन्द्र) को ‘प्रथम कर्णाली प्रदेश अधिवेशन’बाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी थिइन । सरकारमा हुँदा होस् वा पार्टी संगठनमा रहँदा, उनले आफ्नो कार्य दक्षतालाई नागरिक तहसम्म आभास हुने गरी पुगेकी थिइन ।

उनी सरकारमा हुदा पनि केही राम्रा कामहरु भएका देखिन्छन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री हुँदाको तीन वर्षीय कार्यकालमा केसीले आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालेर सरकार सञ्चालनको अनुभव लगिसक्नुभएको छ । प्रदेश सरकारको प्रवक्ताका रुपमा काम गरेकी उनले सफलमन्त्रीका रुपमा आफ्नो कार्यकाल सम्पन्न गरेकी थिइन ।
कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने अवधारणा र अभियान थालेकी केसी कृषिमन्त्री हुँदा उनले सम्हालेको मन्त्रालयले आ.व.२०७४÷०७५ मा देशैभरिमा सबैभन्दा बढी वित्तिय र भौतिक प्रगतिमा गरेको थियो । त्यस्तै सहकारी मार्फत किसानलाई सहुलियत ऋण, मध्यम किसानहरुका लागि सहकारीमार्फत ब्याजमा अनुदान, व्यवासयिक किसानहरुलाई बैंकमार्फत ब्याजमा अनुदान र गरिब विपन्नका लागि लक्षित वर्ग विशेष कार्यक्रम उहाँले सुरु गरेका लोकप्रिय तथा आत्मनिर्भरमुखी कार्यक्रम थिए ।

त्यसैगरी, मन्त्री केसीको पालामा भूमिसुधार मन्त्रालयमा कर्णालीका १० वटा जिल्लामा एक ÷एक स्रोत केन्द्रको स्थापना भएका विवरण छ । जुम्लाको हिमा गाउँपालिका २ ओदीमा भेडाबाख्रा स्रोत केन्द्र, डोल्पामा चौंरी, मुगुमा च्याङ्ग्रा, जाजरकोटमा माहुरी, दैलेखमा बाख्रा, रुकुमपश्चिममा भैंसी, सल्यानमा बाख्रा र सुर्खेतमा ह्याचरी तथा भैसी स्रोत केन्द्र स्थापना गरिएको थियो ।

लामा विष्णु भेडा बाख्रापालक समुहले हिमा गाउँपालिका जुम्लामा स्थापना भेडाबाख्रा स्रोत केन्द्र कर्णाली प्रदेशकै उत्कृष्ट परियोजना हो । मेरो किसान, मेरो अन्नदाता, कर्णालीको बाँझो जमीन उपयोगमा ल्याउने नीतिलाई अघि बढाउनुभएका उहाँले जुम्ला र सुर्खेतमा ठूलो क्षमता शीत भण्डार स्थापना गर्नुका साथै अदुवा प्रशोधन केन्द्रको प्रवद्र्धनमा पनि उनले सघाएकी थिइन । मन्त्री केसीका यि सफल र अब्बल कामका कारण महिला नेतृत्व आबको आश्यकता हो ।

त्यस्तै यसपटककाे स्थानीय निर्वाचनमा ८ हजार २ सय ४९ कार्यकारी पद (मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष) का लागि कुल ४२ हजार ९ सय ५३ जनाको उम्मेदवारी परेकामा महिला २ हजार ३ सय ८६ जना मात्रै छन्, जुन ५ दशमलव ५ प्रतिशत हो ।
महिलाको नेतृत्व क्षमतालाई लिएर नेपालसहित विश्वभरि नै प्रश्न उठाइन्छ । राजनीतिदेखि निजी र पेसागत क्षेत्रसम्म उनीहरूको क्षमताप्रति आशंका व्यक्त गरिन्छ । तर, थुप्रै वैज्ञानिक अध्ययन–अनुसन्धानले भने त्यसलाई गलत साबित गरेका छन । उल्टै पुरुषका तुलनामा महिलाहरूमा नेतृत्वसम्बन्धी गुण धेरै भएको देखाएका छन ।

 

सम्बन्धित समाचार