जुम्ला ःजुम्लामा कति प्रतिशत बालविवाह भयो भन्ने कुनै एकिन तथ्याङ्क नभएपछि स्वाथ्यचौकीमा भर्ग जाँच गराउने आउदा राखिएको रिर्पोट बालविवाहको अबस्था भयभह छ भन्ने कुरा बुझाउछ । त्यस्तै राष्ट्रिय जनगणना २०६८ मा हाल कर्णाली प्रदेशमा रहेका १० जिल्लामा १० वर्ष उमेर नपुग्दै पनि विवाह हुने गरेको जनाइएको छ । ती जिल्लामा २० वर्ष उमेर नुपुग्दै विवाह भएका बालिका तथा किशोरीको सङ्ख्या दुई लाख ५९ हजार ५८३ रहेको देखाइएको छ ।
्यसमध्ये १० वर्षभन्दा कम उमेरमा विवाह भएका बालिकाहरूको सङ्ख्या दुई हजार २४८ रहेको पनि जनगणनाले देखाएको छ । बालविवाहकै कारण कुनै पनि कोणबाट परिपक्व नहुँदै गर्भधारण गरी बच्चा जन्माउने, आमा बनी स्तनपान गराउने, शिक्षालाई निरन्तरता दिन नपाउने, छोराको आशामा छोटो अवधिमै धेरै सन्तान जन्माउनुपर्ने, घरपरिवारको चौतर्फी बोझ थाम्नुपर्ने, आधारभूत स्वास्थ्य सुविधामा पहुँच नहुने, आकर्षक रोजगारीका अवसरबाट वञ्चित हुने जस्ता बाध्यता कर्णालीका महिलाहरूले बेहोरिरहेका छन् । ाष्ट्रिय जनगणना २०६८ कर्णालीमा ५२ प्रतिशत जनसङ्ख्या बालविवाहित देखिन्छ । ग्रामीण भेगमा अहिले पनि बालविवाह व्याप्त छ ।
उमेर नपुग्दै आमा बन्ने, गर्भपतन गराउने, कम तौलका बच्चा जन्मिने, प्रजनन स्वास्थ्यमा असर देखिनेलगायतका सबै समस्याको मुख्य कारण
भनेकै बालबिवाह रहेको जनस्वास्थ्य प्रमुख सापकोटाको विचार छ । उनका अनुसार, बालविवाह न्यूनीकरणका क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायले बर्सेनि करोडौँ खर्च गरे पनि त्यसको प्रभावकारिता देखिएको छैन ।सरोकारवालाको समग्र बुझाइअनुसार, जनप्रतिनिधि र स्थानीय सरकार सक्रिय नबनेका, चेतनामूलक कार्यक्रम पनि औपचारिकतामा मात्र सीमित भएकाले ग्रामीण क्षेत्रमा प्रभाव पार्न नसकेको हो ।
प्रहरीमा बालविवाह गरेको भन्दै उजुरी नै पर्दैन । गाउँमा बालविवाह हुने गरे पनि उजुरीका रूपमा मुद्दा नआउने गरेको जुम्लाका डिएसपी नरेन्द्र चन्द बताउँछन् । चन्द भन्छन्,“२०७५ सालमा एउटा उजुरी परेको थियो । हामीले मुद्दा चलाएका थियौँ । त्यसयता कुनै उजुरी आएको छैन ।”
कर्णालीमा बालविवाहको अद्यावधिक तथ्याङ्क छैन । सामाजिक विकास मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुख अनिता ज्ञवालीका अनुसार, जनगणना २०६८ कै तथ्याङ्कमा आधारित भएर बालविवाहको प्रतिशत निकालिएको छ । सो अनुसार कर्णालीमा ५२ प्रतिशत जनसङ्ख्या बालविवाहित देखिन्छ । ग्रामीण भेगमा अहिले पनि बालविवाह व्याप्त छ ।
त्यस्तै जनस्वास्थ्य सेवा कार्यालय, जुम्लामा आउने बिभिन्न स्वास्थ्य चौकीको रिपोर्टबाट उपलब्ध गराइएको तथ्याङ्कअनुसार, २० वर्षमुनिका ४५६ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् । कार्यालय प्रमुख सापकोटा भन्छन्, “औषधी सेवनमार्फत र औजारको प्रयोग गरेर गर्भपतन गराउनेको सङ्ख्या ४५६ रहेको छ ।” उमेर नपुग्दै गर्भधारण गर्नुपर्ने अवस्थाका पछाडि बालविवाह नै मुख्य कारण रहेको स्थानीय जानकारहरू बताउँछन् । जनस्वास्थ्य सेवा कार्यालय, जुम्लाको तथ्याङ्कअनुसार आ.व. २०७८÷७९ को पहिलो तीन महिनामा ६५३ जना २० वर्षमुनिका बालिकाहरू गर्भवती भएका छन् । यसअघि २०७७÷७८ मा जुम्लाका आठै तहका पालिकामा २० वर्षमुनिका बालिकाहरू ८६० जना गर्भवती भएका थिए। त्यस्तै महिलालाई स्वस्थ, सक्षम र सबल बनाउनका लागि गाउँ गाउँमा प्रजनन स्वास्थ्यका बारेमा चेतना अभिवृद्धि गर्नुको विकल्प छैन । महिलालाई बच्चा उत्पादनको मेसिन सम्झिने प्रवृत्ति अहिले पनि विद्यमान छ । महिलाले निर्णय लिन नसक्ने र निर्णय गर्न नदिने पुरुसस्वत्व हाबी सोच यथावतै छ । जसका कारण छोरा पाउनका लागि आफ्नो प्रजनन स्वास्थ्यको प्रवाह नगरी दर्जनौँ छोरी जन्माउन कर्णालीका अधिकांश महिला बाध्य छन् ।
बालविवाहनै प्रजनन स्वाथ्य समस्याको जहर
त्यस्तै क्याड नेपाल जुम्लाका कार्यक्रम संयोजक गिरीराज अधिकारीले बालविवाह नै प्रजनन स्वाथ्य समस्याको मुख्य जहर रहेको बताए । उनले भने, यसले गर्दा धेरै बच्चा जन्माउँदा, असुरक्षित गर्भपतन गर्दा, विभिन्न औषधी सेवन गर्दा प्रजनन स्वास्थ्यमा पर्ने असरका बारेमा समुदाय स्तरमा महिलाको चेतना अभिवृद्धि र क्षमता विकासमा जोड दिनुपर्ने आबश्यक छ । संयोजक अधिकारीका अनुसार प्रजनन स्वास्थ्यका बारेमा स्थानीय सरकारलाई बढी जबाफदेही बनाउने गरी सबै सरोकारवालाको साझा पहल हुनुपर्नेमा जोड छ । क्याडले विगतका वर्षौँदेखि बाल विवाह, छुई प्रथा न्युनिकरण, बाल संरक्षण, किशोरी किशोरीको नेतृत्व विकासका लागि विभिन्न काम गर्दै आएको पाइएको छ । यस्ता खालका कार्याक्रम जुम्लाका ग्रामिण भेग सम्म पुगाउनका लागी आइतबार यौन तथा प्रजनन स्वास्थ्यबारे जुम्लामा पत्रकारहरूसँग अन्तरक्रिया गरिएको गरिएको छ । अन्तरक्रियाबाट प्रजनन स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई ध्यानाकर्षण गराउने, समुदाय स्तरमा जनचेतना फैलाउने, प्रविधिको दुरुपयोग गर्न पहल गरिने निष्कर्ष निकालिएको छ ।
त्यस्तै पत्रकार महासङ्घका उपाध्यक्ष दिलमाया शाहीले निर्णय र नेतृत्वमा महिलाको सहभागिता न्यून भएकै कारण प्रजनन स्वास्थ्यको प्रवाह नगरी महिला बच्चा जन्माउन साधन जस्तै बन्न बाध्य भएको बताइन । उनले भनिन् सरकारले महिलाले भोग्दै आएका समस्यालाई मध्यजगर गर्दै मेरो स्वास्थ्य मेरो अधिकार भन्ने नारा समेत ल्याएको छ । तर जुम्लाका महिला अहिले पनि सन्तान जन्माउनका लागी पूरुष निणर्य कायन्वयन गर्न बाध्य छन ।,उनले भनिन,“गैससहरुले अब नतिजा निकाल्ने गरी काम गर्नुपर्छ । स्थानीय तहले पनि महिला केन्द्रित कार्यक्रममा जोड दिनपर्छ । मिडिया, नागरिक अगुवा, बाल क्लबले चेतना विस्तार, परामर्श र क्षमता विकासमा जोड दिनु आवश्यक छ ।”
अनि मात्रै प्रजनन स्वास्थ्यबारेको कार्यक्रम प्रभावकारी हुन्छ । जुम्लाका ग्रामिण भेगमा प्रजनन स्वास्थ्यबारे शिक्षाको कमी छ । प्रजनन स्वास्थ्यबारेमा शिक्षा अभाव हुदा हिलाले मात्रै पिल्स खानु पर्ने, डिपो, ७२ घण्टे सुई लगाउनुपर्ने, नरप्लान्ट, कपटी राख्नुपर्ने र विभिन्नै औषधी सेवन गर्नुपर्ने जस्ता बाध्यता छन ।
यसको न्युनिकरणका लागि स्थानीय तह, स्वास्थ्यसँग सम्बन्धित काम गर्ने गैसस लगायत, महिला स्वयंसेविका, क्लबहरू एकजुट भएर समुदाय शक्तिकरण र महिलाको चेतना विकासमा जुट्नु पर्ने आवश्यक छ ।
त्यस्तै यौन तथा प्रजनन स्वास्थ्यका बारेमा बढी चेतना नभएकै कारण ग्रामीण महिला जोखिममा रहेका छन् । २० वर्ष नपुगी आमा बन्नु, पाठेघर क्यान्सर बढ्नु, सेतो पानी बग्नु, पाठेघरको मुख चिलाउनुलगायत स्त्री रोग सम्बन्धी जति पनि समस्या बढ्नुको एक मात्र कारण ‘यौन तथा प्रजनन स्वास्थ्य’ को शिक्षा नहुनुको मुख्य कारण हो ।
दूर दराजका महिलामा बढी बच्चा जन्माउँदा, जन्मान्तर सही समयमा नगर्दा, बालविवाह गर्दा, विभिन्न किसिमका औषधी सेवन गर्दा र असुरक्षित गर्भपतन गराउँदा प्रजनन स्वास्थ्यमा पर्ने असरका बारेमा शिक्षा नभएकै कारण समयको विकाससँगै सचेतनाको अभावका कारण यहाँका महिलाहरू जोखिममा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्राध्यापक रमेशराज उपाध्याय भन्नुहुन्छ,बताउछन । उनले भने, “शिक्षाकै अभावले यहाँका महिलाहरूको प्रजनन स्वास्थ्य खस्किँदो अवस्थामा छ ।
छोरा जन्माउनै पर्ने बाध्यता, प्रविधिको दुरुपयोग,ख किशोरीले आफै निर्णय लिन नसक्नु र समग्रमा उमेर नपुग्दै गरिने विवाह र त्यसपछिका परिणामले प्रजनन स्वास्थ्यमा पार्ने प्रतिकुल असरबारे थाहा नभएकै कारण गाउँका महिला विभिन्न स्त्री रोगबाट ग्रसित हुन बाध्य छन् ।”
शारीरिक, मानसिक र प्रजनन स्वास्थ्यका हिसाबले परिपक्व नभई विवाह, गर्भधारण गर्न नहुने कुरामा महिलालाई बढी सचेत बनाउनुपर्नेमा उनको जोड छ । समुदाय स्तरमा यौन प्रजनन स्वास्थ्यका बारेमा धेरै कार्यक्रम नहुनु र प्रजनन स्वास्थ्यका बारेमा खुलेर विचार विमर्श पनि नहुँदा समस्या निम्तिएको छ । “जति पनि किशोरी २० वर्ष नपुगी आमा बन्छन्, पाठेघरको समस्याबाट ग्रसित छन् । ती सबै महिला यौन तथा प्रजनन स्वास्थ्यबारे अझै अनविज्ञ र अशिक्षित छन् ”, सहप्राध्यापक उपाध्यायले भने ।
महिनावारी बार्नु पनि महिला हिंसा
त्यस्तै महिलाको प्रजनन स्वास्थ्य संग जोडिएको महत्वपुण बिषय महिनावारी पनि हो । विश्व स्वास्थ्य संगठनका अनुसार, युरोपमा ४०–५० प्रतिशत महिला यौन दुर्व्यवहारमा पर्छन । हरेक तीन महिलामा एक जनाले शारीरिक, यौनिक वा हिंसा अनुभूति गर्ने गरेको संयुक्त राष्ट्रसंघ जनसंख्या कोषले उल्लेख गरेको छ । युनिसेफले हरेक दस मिनेटमा एक किशोरीेको हिंसाका कारण मृत्यु हुने गरेको जनाएको छ ।
त्यस्तै समाजपिच्छे महिनावारीका कारण बालक र बालिकाबीच भिन्नता कतै पातलो, कतै बाक्लो हुन्छ । बालिकाले महिनावारी हुनुपूर्व नै घरमा आमालाई छुवाछूत गरेको व्यवहारबाट महिनावारीको अवस्था थाहा पाउँछन । यसले बालिकामा यो अवस्था पाप वा अशुद्ध हो भन्ने धारणा बनाउँछ । बालिकामा आमाको अनुसरण गर्दै बार्नुपर्ने कुराहरू बार्दै जाने र सहने बानीको विकास महिनावारीको पौष्टिक खानेकुरा (दूध, माछामासु, फलफूल, तरकारी) को अभावमा प्रतिरक्षा शक्तिमा कमी भई कुपोषण लगायत विभिन्न रोग लाग्छन । यो पनि महिला हिंसाको एउटा रूप हो ।