डिभाइन युथ क्लव सुर्खेतद्धरा बुलबुले सरसफाई

सुर्खेत । डिभाइन युथ क्लव सुर्खेतले वीरेन्द्रनगरको पर्यटकीय गन्तव्य रहेको बुलबुले उद्यानको सरसफाई गरेको छ ।
शनिबार एक कार्यक्रमका बिच बुलबुलेमा रहेका फोहोर व्यस्थापन गरिएको हो ।
वीरेन्द्रनगरको पिपल चौतारीबाट ¥याली सहित शिक्षक, विद्यार्थी, कर्मचारी, व्यापारी तथा अन्य विभिन्न समाजसेवी तथा सर्वसाधारणहरु सहितको टोलीले बुलबुलेको सरसफाई गरिएको डिभाइन युथ क्लव शाखा सुर्खेतका अध्यक्ष प्रसान्त सागर शर्माले जानकारी दिए ।
फोहोर व्यवस्थापनको बारेमा समाजमा जनचेतना जगाउन साथै सम्बन्धीत निकायलाई नैतिक रुपमा दवाव दिनको लागि समाजिक कार्यमा लागेको डिभाइन युथ क्लवका केन्द्रिय प्रतिनिधि देवराज न्यौपानेले जानकारी दिए । त्यसै गरी क्लवमा आवद्ध सदस्यहरुबाट शुल्क उठाएर प्रत्येक हप्ता सामाजिक कार्यहरु गरिने उनको भनाई थियो ।
निस्वार्थरुपमा सामाजिक कार्य गर्ने मनासायले आफु डिभाइन युथ क्लबमा आबद्ध भएको क्लबका सदस्य तोया न्यौपानेले बताए ।
कलबले यस अघि मानव सेवा आश्रम सुर्खेतमा रहेका असाहयहरुलाई कपडा वितरण गरेको थियो ।

सम्बन्धित समाचार