जुम्लामा १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन गर्न तयारी बैठक सम्पन्न

जुम्ला:लैंगिक हिंसा विरुद्धको विश्वव्यापी १६ दिने अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक तयारी तथा समन्वयका लागि राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले आइतवार एक विशेष बैठक सम्पन्न गरेकाे छ। बैठक मानव अधिकार आयोग जुम्लाका कार्यालय प्रमुख कल्पना नेपाल (आचार्य) ले गर्नुभएको हो।

चन्दनाथ नगरपालिकाको समन्वयमा बसेको उक्त बैठकमा विभिन्न सरकारी कार्यालयका कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधि, सरोकारवाला तथा पत्रकारसहित दर्जनौँ व्यक्तिहरूको उपस्थिति रहेको थियो।
उपस्थित हुनेमा चन्दनाथ नगरपालिकाका बालकल्याण अधिकारी पुष्पा थापा, वरिष्ठ महिला विकास निरीक्षक कमला कठायत, महिला शाखा प्रमुख अम्बिका मल्ल, जिल्ला प्रहरी कार्याल महिला सेलका भूमिका खड्का, पत्रकार महासंघका सचिव प्रकाश उपाध्याय, पत्रकार गोल्डेल बुढा, नेत्रबहादुर शाही, प्रकाश विश्वकर्मा, दिमा आमा घर,जुम्ला सोसेक नेपा गैसस महासंघका अध्यक्ष , सामाजिक विकास कार्यालय जुम्लाका स.ई. प्रेमबहादुर शाही, राष्ट्रिय मानव अधिकार आयोगका कर्मचारी राजकुमार बि.क. लगायतको उपस्थिति थियो।

१६ दिने अभियानका कार्यक्रम सार्वजनिक

बैठकले २०८२ मंसिर ९ गतेदेखि २४ गतेसम्म (नोभेम्बर २५–डिसेम्बर १०, २०२५) चल्ने १६ दिने अभियानअन्तर्गत तपसिलका कार्यक्रमहरू सञ्चालन गरिने निर्णय गरेको छः
• नोभेम्बर २५ – उद्घाटन समारोह तथा प्रभातफेरी
• डिसेम्बर १ – विश्व एड्स दिवस कार्यक्रम
• डिसेम्बर ३ – अन्तर्राष्ट्रिय अपाङ्गता दिवस
• डिसेम्बर ५ – स्वयंसेवक दिवस
• डिसेम्बर ८ – मर्यादित महिनावारी दिवस
• डिसेम्बर ९ – भ्रष्टाचार विरुद्धको दिवस
• डिसेम्बर १० – मानव अधिकार दिवस

जुम्लामा आयोजना गरिने यी दिवसहरू मार्फत हिंसा न्यूनीकरण, जनचेतना अभिवृद्धि, समुदायसँग समन्वय र विभिन्न सेवा–सुविधा पहुँचवृद्धिमा सहयोग पुग्ने आयोजक संस्थाहरूले बताएका छन्।यसका लागि जिम्मेवारी बाँडफाँड गरिएकाेछ।
बैठकले अभियानअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरू प्रभावकारी बनाउन विभिन्न संस्था र निकायबीच जिम्मेवारी बाँडफाँड गर्ने निर्णय पनि गरेको छ।जिल्ला प्रशासन कार्यालय जुम्ला, चन्दनाथ नगरपालिका, सामाजिक विकास कार्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मानव अधिकार आयोग तथा अन्य सरोकारवालाहरूले आफ्नो–आफ्नो भूमिकामा कार्यक्रम सञ्चालन गर्नेछन्।

पहिलाे दिन (नोभेम्बर २५–डिसेम्बर १०, २०२५ ‘सामूहिक प्रतिबद्धताबिना हिंसा अन्त्य सम्भव छैन’ कार्यालय प्रमुख नेपाल बताए । उनका अनुसार कर्मचारी, पत्रकार तथा सरोकारवाला प्रतिनिधिहरूलाई सम्बोधन गर्दै कार्यालय प्रमुख कल्पना नेपाल (आचार्य) ले भनिन्,“लैंगिक हिंसा अन्त्य गर्न समुदाय, संस्था र सरकारको संयुक्त प्रयासमै अन्य विकल्प छैन। १६ दिने अभियानले हाम्रो प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएकाे छ।

सम्बन्धित समाचार