जुम्लाका सबै स्थानीय तहमा यही ७ गते एकैसाथ ‘एकता सन्देश भेला’हुँदै

जुम्ला : नेपाली कम्युनिस्ट पार्टीले जुम्लाका आठैवटा स्थानीय तहमा मंसिर ७ गते एकैसाथ ‘एकता सन्देश भेला’ गर्ने भएको छ। जिल्ला स्तरीय एकता सन्देश भेला सम्पन्न भइसकेपछि स्थानीय तहस्तरमा पनि सोही दिन भव्य रूपमा कार्यक्रम गर्ने तयारी गरिएको पार्टीले जनाएको छ।

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नरेश भण्डारीका अनुसार सबै स्थानीय तहमा केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरूको संयोजनमा एकता सन्देश भेला सञ्चालन हुनेछ। उहाँले सबै पार्टी समर्थक, नेता तथा कार्यकर्तालाई भेला सफल पार्न सक्रिय सहभागिताका लागि आह्वान गर्नुभएको छ।

पार्टीद्वारा तोकिएका स्थानीय तहका जिम्मेवार नेताहरू यस प्रकार छन्। चन्दननाथ नगरपालिका ,नरेश भण्डारी ,नरेन्द्रनाथ योगी, विष्णुबहादुर महत ,अज रावत रहेका छन । कनका सुन्दरी गाउँपालिका पदमबहादुर रोकाया,राजजंग हमाल रहेका छन ।भने सिंजा गाउँपालिका ,दलबहादुर जिसी,राजबहादुर खत्री रहेका छन।

भने तिला गाउँपालिका लक्ष्मी कन्या बुढा ,जोगबहादुर रावत रहेका छन । त्यस्तै तातोपानी गाउँपालिका बिरबहादुर कुँवर, हिमालयन खत्री रहेका छन । त्यस्तै गुठीचौर गाउँपालिका नवराज न्यौपाने, जगतबहादुर रावत रहेका छन ।त्यस्तै पातारासी गाउँपालिका गोमा गौतम कुँवर र दिप बुढा रहेका छन । त्यस्तै हिमागाउँपालिका अजरजंग शाही र भैबहादुर रोकाया रहेका छन ।

सबै स्थानीय तहमा केन्द्रीय तथा प्रदेश कमिटीका प्रतिनिधि सहभागी हुनेछन्। भण्डारीका अनुसार पार्टी एकताको सन्देश जनस्तरसम्म पुर्याछउन तथा संगठन सुदृढीकरणका लागि यो कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।एकता भेला सबै पालिकामा एकैदिन र एकै समयमा भव्य रूपमा सम्पन्न गरिने नेपाली कम्युनिस्ट पार्टी जुम्लाले जनाएको छ।

 

सम्बन्धित समाचार