भौतिक संरचना अभावले ११ घर भाडामा लिन बाध्य छ, प्रतिष्ठान  : उपकुलपति रावल

जुम्ला :  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एकेडेमी तर्फ इन्टर, व्याच्लर, मास्टर लेवरका अध्ययन अध्यापन भइरहेका छन् । तर भौतिक संरचना अभाव भएका कारण ११ घर भाडामा लिएका छन् ।चिकित्सक प्रध्यापक बस्ने भवन, अध्ययन अध्यापन भवन, होस्टेल, आधारभुत चिकित्सा विज्ञान भवनहरु भाडामा लिनु परेको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीसमक्ष निवेदन गरे ।उनले प्रतिष्ठानलाई आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्नका लागि बजेट व्यवस्थापन गरिदिन आग्रह गरेका छौँ । यो संस्थालाई सरकारको पूर्ण सहयोग आवश्कता भएको छ ।

स्वास्थ्य सेवा, एकडेमी र अनुसन्धान तर्फ संस्थाले आशाका किरण देखाएको छ । हाईअल्टिच्यूट अनुसार विश्वमा एउटा अस्पताल पेरुमा छ । त्यसपछि जुम्लामा हो आईसियू सेन्टर सञ्चालनमा रहेको छ ।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केसी प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्ट उद्घाटन गर्न जुम्ला आएको बेला एक औपचारिक कार्यक्रममा उपकुलपति डा. रावलले यस्तो आग्रह गरेका छन ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केसीले प्रतिष्ठानको आग्रहलाई स्वीकार्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति सकारात्मक रहेको बताए । उनले राज्यमन्त्री थोरै धेरै जति समय भएपनि प्रतिष्ठानको बृद्धि विकासमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।उनले भने,“ पश्चिम नेपालकै ठुलो अस्पताल माथिल्लो कर्णाली जुम्लामा स्थापना भएको छ । यहाँ राज्यको लगानी आवश्यक छ । यसले गर्दा यहाँका नागरिकको स्वास्थ्य अवस्था सुधार हुने पनि अपेक्षा गरिएको छ । प्रतिष्ठानबाट उत्पादित चिकित्सकले देशभर सेवा गर्ने छन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केसी, सचिवसहितको टोलीले प्रतिष्ठानको स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तर्फ अध्ययन अध्यापन विभिन्न फ्याकेल्टीहरुको अनुगमन गरी सुझाएको रजिष्ट्रार निर्पेन्द्र महतले बताए ।

उनले भने प्रतिष्ठानमा डायलासिस सेवा सुचारु हुने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डायलासिस उपकरण (मेसिन) उपलब्ध गराएपछि डायलासिस सेवा सुचारु हुने भएको हो।
मन्त्रालयले प्रतिष्ठानलाई ६ सेट डायलायसिस उपकरण उपलब्ध गराएपछि डायलायसिस सेवा सुचारु गर्ने तयारी गरिएको उनले बताए । उनले भने,‘अस्पतालमा मिर्गाैला रोगी बिरामी आउने गरेका थिए तर उपचार डायलायसिसको उपकरण नहुँदा यसअघि रिफर पनि गर्नुपरेको थियो। अब जुम्ला अस्पतालमै यो समस्या समाधान हुने भएको छ ।’

कुनै समयमा चिकित्सक नपाउने जुम्ला अहिले चिकित्सक उत्पादन गरिरहेको छ । जुम्लामा एमबीबीएससहितका स्वास्थ्यसम्बन्धी उच्च शैक्षिक कार्यक्रम सुरु भएपछि दुर्गम ठाउँमा धेरैको ध्यानाकर्षण भएको छ । यस वर्ष विगत वर्षभन्दा एमबीबीएसमा दसवटा कोटा थपिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आधारभूत मेडिकल विज्ञानका संयोजक प्राध्यापक डा. दिनेश बास्तोलाका अनुसार प्रतिष्ठानमा अघिल्लो वर्षदेखि २० जना एमबीबीएस विद्यार्थी अध्ययन गरिरहेका छन् । यस वर्ष ३० जनाको सिट स्वीकृत भएको बताइएको छ । अझै विद्यार्थी भर्ना हुनेक्रम जारी छ ।

उनका अनुसार उच्च शिक्षामा स्कुल अफ मेडिसिन, दोस्रो स्कुल अफ नर्सिङ र तेस्रो स्कुल अफ पब्लिक हेल्थ विषयका कक्षा सञ्चालन भइरहेका छन् । स्कुल अफ मेडिसिनमा एमबीबीएस र बी फार्मेसी पढाइ भइरहेको छ । नर्सिङमा मिडवाइफ स्नातक र बीएन अध्ययन भइरहेको छ । त्यस्तै स्नातकोत्तरमा एमडी एनेस्थेसिया, एमडी पेड्रियाटिक्स, एमएस अर्थो र एमडीजीपी कक्षासमेत सञ्चालनमा रहेका छन ।

 


error: Alert: Content is protected !!