चौंरी गोठालाले पत्ता लगाएको आकाशे तालको अवलोकनमा पुग्यो वडासरकार

जुम्ला ः प्रकृतिको काखमा रहेका धेरै तालहरु अझै पनि ओझेलमा परेका छन । मानव समाजको पहुँचबाट धेरै टाढा रहेका उक्त तालहरुको संरक्षणमा कुनै निकयको ध्यान जान सकेको छैन । भूगोलीक विकटता , असमानुपातिक विकास र पर्यटकीय गन्तव्यहरुको खोज अनुसन्धानको कमीका कारण ति तालहरुको संरक्षण नभएको हो । जसका कारण ंघियता पछि पनि ति तालहरु गुमनाम जस्तो अवस्थामा रहेका छन ।

प्राकृतिक र पर्यटकीय महत्वका स्थलहरु कर्णालीमा धेरै छन् यद्यपि ती स्थलहरुको उजागर हुन सकेको छैन । सिंगो कर्णाली त्यसमा पनि जुम्ला संस्कृति, सभ्यता, भाषा, कला र साहित्यको मुहान हो भन्नेमा कुनै द्विविधा छैन । पुरातात्विकका साथै प्राकृतिकरुपले पर्यटनको अत्यन्तै संभावनायुक्त ठानिन्छ, जुम्ला ।

त्यस्तै पर्यटकीय स्थल गुठिचौर गाउँपालिकामा रहेका तालहरुको अवस्था पनि त्यस्तै छ । गुठीचौर गाउँपालिकाको वडा नं. १ मणिसाँघुबाट डेढ दिनको दूरीको चार हजार ७०० मिटरमा अवस्थित आकाशे ताल (स्काई लेक), चार हजार ३०० मिटर उचाईको हिउल्सा ताल र चार हजार ६ सय मिटर उचाईमा रहेको दुध कुण्डली ताल पर्यटकहरुको पर्खाईमा छन् ।
ती तालहरु भने सात वर्ष अघि चौंरी पालक गोठालाहरुले पत्ता लगाएका थिए । ती तालहरु रहेको क्षेत्रमा भने तीनअघि सोही वडाका वडाध्यक्ष

अर्जुनकुमार महताराको टोली अवलोकन गरेर फर्केको छ । त्यो टोली त्यहाँका केही स्थानीयहरु पनि तालमा पुगेका छन ।
वडाध्यक्ष महताराका अनुसार डोल्पा नजिक पर्ने उक्त तालमा मणिसाँघु हुँदै घाट ओडार, दुध कुण्डली र हिउल्सा ताल भएर आकाशे तालमा पुगिन्छ । तालको उतापट्टि डोल्पाको जगदुल्ला हिमाल पर्छ ।गोठिचौर गाउँपालिका १ जुम्लाको प्रशासनिक केन्द्र मणिसाँघुबाट करिब १८ घण्टाको दूरीमा रहेको आकाशे तालमा पहिलो पटक वडाध्यक्ष टोली पुगेर फर्केको हो । “यसअघि चौंरी गोठालाहरु मुस्किलले त्यहाँ पुगेका रहेछन्,”वडाध्यक्ष महताराले भने , त्यो पनि चौंरी हराउँदा खोज्दै जाने क्रममा ताल देखिएको रहेछ ।”

ताल पत्ता लगाउन भूमिका खेल्नुभएका सोही वडाका ५० वर्षीय स्थानीय साङ्गबो गुरुङका अनुसार विसं.२०७२ सालमा चौरी खोज्दै जाने क्रममा तालमा पुगिएको बताए । त्यहाँ सजिलै मान्छे नपुग्ने र त्यसको महत्वबारे थाहा नभएकोले पनि आकाशे तालको कुरा बाहिर आउन नसकेको उनको भनाइछ । गुरुङले भने, तिब्बतीयन भाषमा यसलाई माहोङ्ग नाम्चोे भन्ने गरिन्छ ।

आकाशको जस्तो नीलो रंग भएकोले त्यसलाई आकाशे ताल भनिएको उनले बताए । त्यहाँ पुगेको वडाध्यक्ष महताराको टोलीले आकाशे तालसहित हिउल्सा ताल, दुध कुण्डली प्रकाशमा ल्याएको छ । पर्यटन विकास र प्रवद्र्धनबाट अर्थतन्त्रमा वृद्धि हुने भन्दै उनले पर्यटकहरुको सहज पहुँच एवं आवतजावतका लागि त्यहाँसम्मको सडक पुग्न आबश्यक रहेको बताए । उनले यस्ता पर्यटकीय स्थलहरुका लागी सबैको ध्यानजान जरुरी छ । उनले भने, “आकाशे तालसम्म पुग्ने बाटो निर्माणका लागि करिब ७० लाख बजेट लाग्ने अनुमान गरिएको छ । यो बजेट प्रदेश सरकारबाट प्राप्त गर्ने अपेक्षा गरेका छौं ।”कान्छो कैलाश पर्वतका रुपले चिनिने यो तालको शिरमा दुध कुण्डली हिमाल अवस्थित छ । शिरमा हिमाल, त्यसको तल कालापत्थर र तालको वरिपरि हरियो बुट्यान छ । निकै मनमोहक देखिने उक्त ताल घुम्न एक घण्टाको समय लाग्ने वडाध्यक्ष महताराले जानकरी दिए ।

उनले ताल पुग्दा निकै जाडो भएपनि त्यहाँ पुग्ने मार्ग विकासले पर्यटकहरुको आकर्षणलाई न्यानो बनाउनेतर्फ जोड दिइने छ । त्यसो हुन सकेमात्र पर्यटनका गतिविधि बढ्ने र यसले आत्मनिर्भर अर्थतन्त्रमा सहयोग पुग्ने वडासरकारको अपेक्षा छ ।
त्यस्तै जुम्लाको पातारासी हिमाल, संसारको उच्च स्थानमा धान फल्ने ठाउँ छुमचौर ज्यूलो ,तातोपानी गाउँपालिकास्थित पहाड फोडेर निस्केको तातोपानी धारा, लक्षालकृति पैकला (बीरयोद्धा), मार्सी धान सुरुआत गरिएको गुरुफोक्टो, चन्दननाथ भैरवनाथ मन्दिर, मष्टो प्रथा, गुठिचौर भेडा अनुसन्धान केन्द्र, तिलागाउँपालिकाको त्रिवेणीलगायतका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरु पर्यटनका हिसाबले निकै महत्वपूर्ण मनिदै आएका छन ।

सम्बन्धित समाचार