हिमाको बृक्षा रोपण अभियान : ३२ हजार छ सय ७६ विरुवा रोपियो


जुम्ला ः जुम्लाको हिमा गाउँपालिकाले शुरु गरेको वृक्षा रोपण अभियानमा ३२ हजार छ सय ७६ विरुवा रोपिएका गरेको छ । गाउँपालिकाले आफ्नो निति तथा कार्यक्रम अन्तरगत विरुवा रोप्ने कार्यक्रम गरिएको हो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाका अनुसार विभिन्न स्थानमा सल्लो, देवदार, धुपी, ढटेलो, पिपल र किमुका विरुवा रोपिएका छन् । यो कार्यले बाढी पहिरो तथा बतारवरण प्रदुषण रोक्ने, अपेक्षा गरिएको छ ।
हिमा गाउँपालिका वडा नम्बर १ देवारगाउँको देवलढुंगा र भित्रीखोलामा छ हजार तीनसय विरुवा रोपिएका छन् ।वडा नम्बर १ आचार्य लिहीको भित्री खोला जलविधुत क्षेत्रमा तीनहजार छसय र वडा नम्बर १ बड्की पानीमुलको माथी नाङ्गा डाडामा पनि विरुवा रोपिएका हुन् । यसैगरी विभिन्न स्थानमा गरि ३२ हजार छ सय ७६ विरुवा रोपिएका छन् ।

गाउँपालिकाले नाङ्गा डाडा हरियाली बनाउने र ग्रिन रोड वनाउने उद्दे्रश्यका साथ वडा नम्बर २ ओदीको गाविस क्षेत्रमा दुईहजार पाँच सय विरुवा रोपिएका छन् । वडा नम्बर ६ खलढुंगामा चार हजार छ सय, गाउँपालिका कार्यक्षेत्र, प्रहरी चौकी र नाग्म गमगडि रामार्गमा पनि करिब दुईसय विरुवा रोपिएका छन् । यो पटक २० हजार विरुवा रोप्नका लागि वडास्तरमा पठाईएको गाउँपालिकाले जनाएको छ । अव हिउँदे सिजनमा समेत विरुवा रोपिनेछ ।

गाउँपालिकाको निति कार्यक्रम अन्तरगत ग्रिन रोड, ग्रिन रिभर अन्तरगत एक आर्थिक बर्षमा ५० हजार विरुवा रोप्ने योजना छ । त्यस्तै गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार ५ बर्षिय कार्यकालमा दुईलाख ५० हजार विरुवा रोपिनेछ । उनका अनुसार वातावरण र प्रकृति राम्रो भए मानिसको जीवन राम्रो हुने भन्दै सो अभियान गाउँपालिकाको निति कार्यक्रममै ल्याईएको छ ।
अध्यक्ष शाहीले नाग्म गमगडि राजमार्ग अन्तरगत पनि विरुवा रोपेर हरियाली वनाउन आवश्यक रहेको बताए । प्रत्यक आर्थिक ५० हजार विरुवा रोपियो भने केही परिवर्तन होला वा गाउँमा जनचेतना पनि हुने भएको छ । गाउँपालिकाले नाग्म गमगडि राजमार्गको नाग्म देखी हिमा गाउँपालिकाको क्षेत्र आचार्य लिही सम्म विरुवा रोप्ने योजना समेत रहेको छ ।

सम्बन्धित समाचार