जंगली च्याउ खाँदा जुम्लामा एकै घरका पाँचजना बिरामी

जुम्ला :जुम्लामा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । तिला गाउँपालिका–४ नुवाकोट गाउँका बिष्णु हमालका परिवारका पाँच जना बिरामीभएकाछन् ।
बिरामी पर्नेमा बिष्णु हमाल, उनकी पत्नीसम्झना हमाल, छोरीहरू सविना हमाल र सम्झौता हमालका साथैे घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका–९ रोकायाबाडाका डेकेन्द्र रोकाया रहेका छन् । उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण
अस्पताल जुम्लामा उपचार भइरहेको छ ।जिल्लाप्रहरी कार्यालयकासुचनाअधिकारी भुवन भट्टका अनुसार हमाल परिवारले आइतबार साँझ जंगलबाट ल्याएको च्याउको तरकारी पकाएर खाएकाथिए । पहिले बिष्णु हमाललाई वाककावी आएपछि अन्य परिवारलाई संका लागेर सवै उपचारका लागिआईतवार वेलुकीनै उपचारका लागि अस्पतालमा आएकाथिए ।
अहिले उहाँहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्यभएको जानकारी दिनुभयो ।
जंगलमाकुनप्रजातिको च्याउ ल्याएर खाएभन्ने विषयमा अनुसन्धानभइरहेको जिल्लाप्रहरी कार्यालयले जानकारी दिएको छ । पछिल्लो समयमा जुम्ला प्रहरीले जंगली च्याउको जथाभावी सेवननगर्न आग्रह गरेको छ ।प्रहरीले स्थानीयतहमा सचेतनादिनथालेकोमा जोड दिएको छ । योे समयमाजंगलमा च्याउ ल्याएर पकाई खाने र जोखिमहुने सम्भावना बढ्ने भएकाले सचेतनाआवश्यक रहेको छ ।








