प्राविधिक शिक्षालयको बार्षिक उत्सव : बजेट अभावले शिक्षालयको स्तरबृद्धि हुन सकेन

जुम्ला : कर्णालीकै दक्षजनशक्तिको आधारशिलाको रुपमा रहेको प्राविधिक शिक्षालय बजेट अभावले भौतिक संरचनाको बिकास हुन सकेको छैन । कर्णाली प्राविधिक शिक्षालयको ४२ औ बार्षिक उत्सवमा यस्तो बताइएको हो ।बार्षिक उत्सवको अवसरमा शिक्षालयको सारंशमा प्रगति बिवरण सुनाईएकोछ । शिक्षालय प्रमुख टेकेन्द्र थापाले प्राविधिक शिक्षालयले बार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता गरिएको बताए । उनले भने, सहभागी विद्यार्थी सदनलाई प्रमाणपत्र तथा मेडलले सम्मान समेत प्रदान गरिएको छ ।
त्यस्तै समारोहमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले शिक्षालय जुम्लाको मात्रै नभइ कर्णालीको जिउदो इतिहास बोकेको संस्था रहेको बताए । उनले भने यसको भौतीक संरचना बनाउनका लागी सबैले पहल गर्नु पर्ने बताए ।समन्वय समितिका प्रमुख आर्चायले शिक्षालयको शैक्षिक तथा पूर्वाधार विकासका लागि साँझा पहल गर्नु पर्छ ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले कर्णालीका निम्न मध्यम वर्गिय विद्यार्थीका लागि प्राविधिक शिक्षा आर्जनको सहज माध्यम शिक्षालय बनेको बताईन । उनले बजेट अभावले स्तरबृद्धि हुन नसकेका संरचना अघि बढाउन,शिक्षामा गुणस्तर ल्याउन तथा शान्ति सुरक्षा कायम गर्न प्रशासनले आबश्यक पहल गर्ने छ । शिक्षामा गुणस्तर संगै विद्यार्थीमा अनुसशासन पालानामा जोड दिन आबश्यक छ ।
त्यस्तै नेपाल पत्रकारमहासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले दक्ष जनशक्ति उत्पादन गर्ने थलोलाई राजनीतिकरण गर्न नहुने बताए । उनले शिक्षामा गुणस्तर, पूर्वाधार विकासमा जोड र टिकाउ विकाउ सिकाउ हुने खालको शिक्षा प्रदानमा सुझाब दिए ।
त्यस्तै शिक्षालय प्रमुख टेकेन्द्र थापाले गत आवमा शिक्षालयमा विनियोजित ५४ लाख ७५ हजार बजेट मध्य ९४ प्रतिशत बजेट खर्च भएको बताए । उनका अनुसार चालु तर्फ विनियोजित रु ७ करोड ४७ लाख ८० हजार ५ करोड ५८ लाख ५६ हजार ८ सय ६२ रुपैया खर्च भएको छ । शिक्षालयमा एचए र स्टाप नर्सको पढाईको उच्च माग भएपनि संघिय सरकार र कर्णाली प्रतिष्ठानले अनुमति नदिएको समेत शिक्षालय प्रमुख थापाले घोषणा गरे ।
शिक्षालय प्रमुख थापाका अनुसार शिक्षालयमा हाल ५७२ जना विद्यार्थी अध्ययनरत रहेका र डिप्लोमा ६ वटा बिषय र टिएसएलसिमा २ वटा बिषय अध्ययन भईरहेका छन् । डिप्लोमा निर्माण, सिभिल ईन्जिनियर, कृषि, फरेष्टि, फरेष्टि विशेष छात्रबृत्ति बिषय अध्ययन भईरहेको छ ।यसैगरी प्रि जेटिए तथा प्रि सिभिल ईन्जिनियर सहितको बिषय अध्ययन भईरहेकोमा जोड दिनुभयो ।
त्यस्तै शिक्षालयको बािषर््ाक उत्सवको अवसरमा बोल्दै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले आफ्नो भाई सुरेन्द्र शाहीको स्मृतिमा अक्षयकोष स्थापना गर्न व्यक्तिगत दुई लाख रुपैया दिने घोषणा गरे ।कर्णाली प्राविधिक शिक्षालयमा अध्यायनरत विद्यार्थीका लागि स्वर्गीय भाई सुरेन्द्रको स्मृतिमा शिक्षाको बृद्धि विकासका लागि अक्षयकोष स्थापना गर्न २ लाख दिने घोषणा गरेको गरका हुन। उनले शिक्षालयको वार्षिक उत्सवमा मन्तव्य राख्दै अध्यक्ष शाहीले अक्षयकोषले शिक्षाको शैक्षिक उन्नयनमा थोरै भएपनि टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले थपे हिमा गाउँपालिकाले शिक्षालयको विकासका लागि थप पाँच लाख दिने समेत घोषणा समेत गरेका छन । कर्णाली प्रविधिक शिक्षालयको स्थापना २०३७ सालमा स्थापना भएको मुलुककै जेठो प्राविधिक शिक्षालय हो ।
शिक्षालयको वार्षिक उत्सबमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, नेपाली सेना नं २४ का वाहिनीपति राजेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाई, नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही, उद्योग बाणिज्य संघका अध्यक्ष पुरिचन्द्र देवकोटा सहित सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।








