गत्त फागुनमा स्वास्थ्य बीमा गरेका नागरिकले साउनमा समेत पाएन्न् औषधि

जुम्ला : ०७८ फागुनमा स्वास्थ्य बीमा गरेका नागरिकले अझै पनि निशुल्क औषधि पाएका छैनन्् ।हिमा गाउँपालिका – १ देवारगाउँकी मेनका शाही रक्तस्राव भएपछि उपचारका लागि ३ साउनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आइन ।उनको तीन महिनाको गर्भावस्थामा रक्तस्राव भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आएकी थिइन । उनले भनिन स्वास्थ्य बीमा गरेका छौँ भनेर घरबाट पैसा पनि नल्याएर आयौँ । उपचारको क्रममा अस्पतालमा स्वास्थ्य बीमाको कार्ड दिदा इन्ट्री नभएर कार्यन्वयनमा आएको छैन भन्ने जानकारी प्राप्त भयो ।
विरामी परेको बेला स्वास्थ्य सेवा लिन सहज होला भनेर ०७८ फागुन महिनामा स्वास्थ्य बीमा गरिएको उनले बताइन । उनले भनिन,‘स्वास्थ्य बीमा कार्यक्रमका कर्मचारीले ०७९ जेठ महिनादेखि कार्यन्वयनमा आउन्छ भनेका थिए । तर अहिले साउन महिनाको पहिलो सातासम्म पनि स्वास्थ्य बीमाको फाइल इन्ट्री नै नभएर कार्यन्वयनमा आएको छैन । स्वास्थ्य बीमा कार्यक्रमका कर्मचारीले स्वास्थ्य बीमा समयमा इन्ट्री नगरी कार्यन्वयनमा नल्याएकोले समस्या भएको छ । घरमा पैसा पनि छैन । अस्पतालमा पटक पटक विल काट्नु परेको छ ।
त्यस्तै स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला संयोजक कमल रावतका अनुसार त्यो क्षेत्रमा काम गर्ने बीमा दर्ता सहयोगी कर्मचारी शेरबहादुर शाहीले स्वास्थ्य बीमा फाइल समयमा नल्याएर समस्या भएको हो । भिल्डमा भएकाले सम्पर्क हुन सकेको छैन । यसको समस्या समाधान समयमै गर्ने छौँ ।
६० हजार बढीको स्वास्थ्य बीमा
जुम्लामा ६० हजार १५६ जनाले स्वास्थ्य बीमा गरेको जिल्ला संयोजक रावतले बताउनु भयो हो । उहाँले भन्नुभयो नर्मल आफैले बीमाको पैसा तिरेर ३१ हजार ३५४ जनाले बीमा गरेका छन् भने बीमा रकमको ५० प्रतिशत रकम तिरेर ८०९ जना महिला स्वयम् सेविका स्वास्थ्य बीमा भएको छ । अतिविपन्न २५ हजार ३३२ जनाको निशुल्क स्वास्थ्य बीमा भएको स्वास्थ्य बीमा कार्यालय जुम्लाले जनाएको छ । यस्तै ७० वर्ष माथिका २ हजार ३५७ जना जेष्ठनागरिकको निशुल्क स्वास्थ्य बीमा भएको छ ।
एचआइभी एड्स रोगी ३ जना, टिभी रोगी ९ जना र क वर्गका पूर्ण असक्त अपांगता भएका २५४ जना व्यक्तिको निशुल्क स्वास्थ्य बीमा भएको जनाएको छ ।
यस्तै यहाँको स्थानीय तह मध्ये सवै भन्दा बढी चन्दननाथ नगरपालिकामा बसोबास गर्ने नागरिकले स्वास्थ्य बीमा गरेका छन् । चन्दननाथमा १४ हजार ७७९ जना, गुठीचौरमा ५ हजार ७७५ जना, हिमामा ४ हजार ५२० जना, कनकासुन्दरीमा ५ हजार ३०८ जना, पातारासीमा ८ हजार ३१८ जना, सिंजामा ४ हजार ८७७ जना, तातोपानीमा ९ हजार १८६ जना र तिलामा ७ हजार ३९५ जनाले स्वास्थ्य बीमा गरेका छन् ।
त्यस्तै तातोपानी गाउँपालिकामा तत्कालिन गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जनतासँग अध्यक्ष कार्यक्रम अन्र्तगत १० लाख बजेट विनियोजन गरी विपन्न नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्नु भएको थियो । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले ३५४ जना स्वास्थ्यकर्मी र कर्मचारीको एकमुष्ट स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा कार्यालय जुम्लाले जनाएको छ ।








