भकारो सुधार कार्यक्रमले ग्रामिण भेगका किसानको उत्पादन बढ्दै

जुम्ला : जुम्लाका ग्रामिण भेगका किसानलाई मलको जोहो गर्नका लागि भकारो सुधार कार्यक्रम लागु भएको छ । पशुचौपायाको मल व्यवस्थापन गरी खेतबारीमा लगाउँदा बाली सप्रने तथा रासायनिक मलको कम प्रयोगबाटै उत्पादन बढाउन सकिने भएपछि भकारो सुधार कार्यक्रम मालिका बोताका किसानले अगाडि सारेका हुन्।
कृर्षि बिकास कार्यालय जुम्लाको श्री अर्गानिक कृर्षि उत्पादन समुह मालिका बोताको समन्वयमा किसानका लागी भकारो सुधार गर्न कार्यक्रम लागु गरेको प्राङगारिक कृर्षि प्रबोधन अधिकृत ट्रम शाहीले बताए । उनले भने किसानले उत्पादन गर्ने गोठे मलको गुणस्तर कायम गर्नका लागी यो कार्याक्रम लागु गरिएको हो । उनका अनुसार कनका सुन्दरी गाउँपालिका २ मालिका बोतामा ७० वटा किसानलाई भकारो सुधार कार्यक्रम पाएका हुन । उनीहरुको समुहको तर्फबाट ३० प्रतिशन र अनुदान र बाँकी कृर्षि बिकास कार्यालयलको सहयोगमा त्यहाका अर्गानिक कृर्षि उत्पादन समुहमा आबद्ध किसानले पाएका हुन ।
भकारो सुधार कार्यक्रमको मुख्य उद्देश्य भनेको चौपायाको गोबर र मूत्रलाई छुट्टाछुट्टै व्यवस्थापन गरी मलको व्यवस्थापन गर्ने रहेको किर्षि बिकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए । उनले भने,‘चौपायाको गोबरलाई समेत छानो बनाएर छानोमुनि गोबर संकलन गर्दा मल कडा हुने र घाममा सुक्दा मलको शक्ति गुम्न सक्ने भएकाले छानो बनाएर संकलन गर्ने गरिएको हो ।
अधिकारीका अनुसार भकारो सुधार कार्यक्रमले किसानले लगाएको बालीमा व्यवस्थित मलजल गर्न सकिने छ । ‘एकातर्फ गाईवस्तु बस्ने व्यवस्था समेत सहज हुन्छ, खाल्डाखुल्डी हुँदैन’, उनले भने, ‘ढलान गरेको ठाउँमा बस्ने व्यवस्था हुन्छ, त्योसँगै मूत्र र गोबरको व्यवस्थापन छुट्टाछुट्टै हुँदा मलको उचित व्यवस्थापन समेत हुन्छ।’
भकारो सुधार कार्यक्रमले चौपायाको गोबर र मूत्रले छुट्टाछुट्टै मलको काम गर्ने भएकाले व्यवस्थित भएको किसान रत्न रावतले बताए । ,गाईभैंसीको मूत्रले बालीनालीको कीराहरू मार्ने कार्यसमेत हुने भएकाले केही विषादीको कामसमेत सोही मूत्र मलबाट बनाउन सकिने किसान रावतको अनुभव छ। .
त्यस्तै गहुकला रावतले ‘गोठको भुइँ ढलान गर्ने मूत्र संकलन गर्ने तथा गोबर मललाई उचित वातावरणमा कुहिने व्यवस्था गर्ने कार्य नै भकारो सुधार हो’, । भकारो सुधारले मल व्यवस्थापन हुने र शक्ति बढ्ने रावतले बताइन । उनका अनुसार ‘खेर जाने मूत्रसमेत संकलन गरी सदुपयोग गरेका छौं’, उनले भने, ‘मूत्रबाट समेत राम्रो मलको उपयोग भएको छ।’ यस अघि हामीले आफ्नै तरीकाले मलको प्रयोग गर्ने गर्दछु । तर यस पटक किर्षि बिकास कार्यालयको भकारो सुधार कार्यक्रमले बोटबिरुवामा गाईवस्तुको मूत्रले उचित स्याहार बढाएकोे अनुभव भएको छ । ‘भकारो सुधार देख्दा सानो काम देखिन्छ, तर हामी किसानका लागि धेरै फलदायी भएको छ ।









