नागरिकको सन्तोष जनक सेवा प्रवाहमा जुट्दै कनका सुन्दरी गाउँपालिका

जुम्ला  : जुम्लाको कनका सुन्दरी गाउँपालिकाले पहिलो पटक एकै भवनबाट सेवा दिन थालेको छ । यस अघि भवन अभावका कारण बिषयगत शाखा भिबिन्न ठाउमा राखीएका थिए । छरिएर रहेका बिषयगत शाखाका कारण नगरिकलाई सेवा प्रवाह गर्न असज भएको कनका सुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठातले बताए । उनले भने,‘यसले गर्दा नागरिकलाई सेवा लिनका लागी बिषयगत शाखा खोज्नु पर्ने र पालिकालाई समेत घरभाडा मंहगो पर्ने गरेको थियो ।उनका अनुसार यसपटक पालिकाले एउटै भवन भाडामा लियर सबै बिषयगत शाखा एकै भवन बाट संञ्चालन गरेको हो ।

कार्यकालमा सेवा प्रवाहबाट नागरिकलाई सन्तोष्ट बनाउनका लागी एकै थलोबाट सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष दामादर प्रसाद आचार्यले बताए । उनले भने,‘नागरिकलाई घरअँगानमै सेवा दिनका लागी आएको स्थानीय सरकार जनताको कामप्रति सहज र सरल हुनु पर्छ । उनले भने,‘ पालिकाले अस्थायी केन्द्र टुंगो लागाउने बिषयमा निणर्य भएको छ ।

अब तत्काल पालिकाले आफ्नो भवन बनाउन तर्फ लाग्ने छ । पालिकाको आफ्नै भवन बनाउनका लागी केही नागरिकले जग्गा समेत दिने निणर्य गरिएको छ । हामी जग्गा पास गर्ने तयारीमा छौ ।

त्यस्तै २०७४ सालमा निर्वाचित स्थानीय सरकारहरूको पाँचवर्षे कार्यकाल सकिदा समेत सेवा प्रवाह एकिकृत तवरबाट भएको थिएन । अध्यक्ष आचार्यले भने, यस अघिको पाँच वर्षको स्थानीय सरकारका कामलाई मसिनोसँग नियाल्दै आएकोले यस पटक आफु जनप्रतिनिधि भएकाले पहिलेको तुलनामा प्रभावकारी काम गर्ने दाबी गरे । उनी भन्छन , “पहिलो पाँच वर्षको अवधिमा स्थानीय सरकारबाट केही राम्रा काम भएका छन , त्यसबाट ज्यादै उत्साहित छु । यस पटक पनी , स्थानीय सरकारबाटै सेवा प्रवाह र विकासको काम तीव्र हुने अपेक्षा गरेको छु ।