तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथुनको उपाधी दुर्ग र शारदालाई

जुम्ला ःकर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथुनको उपाधी दुग बहदुर बुढा र शारदा भण्डारीले पाएका छन ।४९किलोमिटिरको दौडप्रतियोगितामा महिला तर्फ शारदा भण्डारी र पूरुष तर्फको उपाधी दुर्ग बहादुर बुढाले हात पारेका हुन ।पुरुषतर्फ बुढाले शुन्य प्वाइन्ट जुम्ला सदरमुकाम खलंगादेखि रारातालसम्मको ४९ किलोमिटर दुरी ५ घण्टा, २ मिनेट २० सेकेण्डमा पार गरेका छन ।बुढाले अहिलेसम्मका तीनवटै जुम्ला रारा म्याराथनका स्वर्ण चुमिसकेका छन ।

पुरुषतर्फ दलबहादुर कुँवरले द्धितिय भएका छन । कुंवरले ५ घण्टा ५ मिनेट ४९ सेकेण्डमा दुरी पार गर्दै उत्त स्थान हासिल गरेका हुन । त्यस्तै वेदबहादुर सुनारले ५ घण्टा ८ मिनेट ४७ सकेण्डमा दुरी पार गरेर तृतीय भएको कर्णाली स्पोर्टस् क्लब जुम्लाका सहसचिव धनराज सुनारले जानकारी दिए ।उनले भने, चन्द्र रावल, सुमन कुलुङ, प्रकाश कठायत, सागर बुढा, जोवन ऐडी, मदन भण्डारी, धिरबहादुर खत्री टपटेनमा आउन सफल भएका छन् ।

त्यस्तै महिलातर्फ शारदा भण्डारीले ६ मिनेट ३४ मिनेट ४१ सेकेण्डमा दुरी पार गर्दै प्रथम स्थान ल्याउन सफल भएकी छन ।यसैगरी गणना भण्डारी ६ घण्टा ५९ मिनेट ४२ सेकेण्डका साथ द्वितीय र मञ्जु रावतले ७ घण्टा ३४ मिनेट ३८ सेकेण्ड लगाएर तृतीय भएको कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताए ।उनका अनुसार उमकली बुढा, राममाया बुढा, संगीता भण्डारी, शोभाकली बुढा, विन्दु श्रेष्ठ र राधा श्रेष्ठ टेनमा आउन सफल भएका छन ् ।
जुम्ला रारा अल्ट्रा म्याराथनमा ७६ जना खेलाडी सहभागी भएकोमा ७२ जना रारातालसम्मै पुगेका पाइएको छ । विजेता खेलाडीलाई पुरस्कार वितरण समेत गरिएको छ ।

यो वर्ष एक विदेशी सहित ७६ जना धावकहरु सहभागी भएका थिए ।७६ जनामध्ये १५ जना महिला धाविका रहेका छन ।जुम्ला–रारा अल्ट्रा म्याराथनमा गायक बुद्धवीर लामा, ओलम्पीयन बैकुण्ठ मानन्धर, क्याप्टेन भरतसिंह थापा, भेट्रान रनर शम्भू दाहाल, सुमन कुलुङलगायतले सहभागिता जनाएको आयोजक कर्णाली स्पोर्टस् क्लबले जाएको छ ।

कर्णाली स्पोर्टस् क्लबका अनुसार म्याराथनमा प्रथम हुनेले एक लाख २५ हजार रुपैयाँ पाएका छन् भने ,द्वितीयले ६२ हजार ५सय,तृतीयले ३७ हजार ५ सय र सान्त्वना हुने ७ जनाले ६हजार ५ सय रुपैयाँ पुरस्कार पाएका हुन् । जुम्ला देखि रारातालसम्म पाँचवटा चेक प्वाइन्ट राखिएको थियो ।