शिक्षामा सुधार ल्याउन बिद्यायलयमा राजनिति अन्त्ये हुनु पर्छ : मुख्यमन्त्री शाही

जुम्ला ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जिवनबहादुर शाहीले अधिकाँस सामुदायिक विद्यालयहरु राजनितिक थलो बनेको बताए । उनले सामुदायिक विद्यालय सुधार्न सर्वप्रथम राजनीतिक दलहरुले विद्यालयमा राजनीति नगर्ने सामुहिक प्रतिवद्धता जाहेर गर्नु पर्ने बताएका हुन ।कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालयले जुम्लामा आयोजना गरेको सबैका लागी गुण्स्तर शिक्षा बिषयक अन्त्ररक्रिया कार्यक्रममा बोल्दै मुख्य मन्त्री शाहीले सरकारी बिद्यालय प्रीत अभिभावले निगरानी नगर्नु र शिक्षकले बिद्यालयमा राजनिति गर्नुले कर्णालीको शैक्षिक स्तर खस्कोको बताए ।

शिक्षकलाई विद्यालय बाहिर काममा पठाउँदा अनुमति पत्रसहित खटाउनु पर्दछ पर्ने बताए । उनले भने,‘ शिक्षाको लागी नियमन गर्ने अधिकारी संघ सरकार र स्थानीयतहलाई भएकाले महिनाको कम्तिमा दुईपटक अनिवार्य बिद्यालय अनुगमनमा जाने वातावरण गर्नु पर्ने बताए । राजनितिक दलले शिक्षण पेशामा लागेका शिक्षकहरुलाई आफ्नो संगठन बनाउने गरेका कारण सरकारी शिक्षा प्रतिको अभिभावको आर्कषण घटेको पाइएको छ ।

त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमसख कार्मा बुढाले विद्यालय हाताभित्र कसैले पनि राजनीतिक क्रियाकलाप नगर्ने प्रतिबद्धता जाहेर आबश्यक रहेको बताए ।

त्यस्तै तिलागाउपालिकाकी उपाध्यक्ष बिष्णु बुढाले बिद्यलयका प्र.अ.र वि.व्य.स.ले बिदालयमा पढाउने भन्दा पनी राजनितिक गर्ने थलो बताएको बताइन । उनले भनिन,‘ विचारको आधारमा कसैलाई पनि भेदभाव गर्ने बिद्यार्थीि बाट शुल्क उठाउने काम बाहेक अरुकेहीगरेको देखिदैन ।

त्यस्तै अधिकांश सरकारी बिद्यालयका बिद्यार्थीका अभिभाबकलाई नतिजा आउने दिन मात्र छोराछोरीको पढाईको चिन्ता हुने गरेको कर्णाली प्रदेश सरकारका प्रमुख सचिब राज कुमार श्रेष्ठले बताए । उनले नतिजा आएसँगै सबैको औंला सरकारी बिद्यालय र त्यहाँका शिक्षक तिर फर्किने ग गरेको छ । यो सबै परिपाटी अन्त्ये हुनु पर्छ ,प्रमुख सचिब श्रेष्ठले भने,‘सरकारी स्कुलमा कि बच्चा फेल हुनुको कारण शिक्षक मात्र होइन त्यो जिम्मेवार अभिभावक पनि हुन । के सरकारी बिद्यालयका बिद्यार्थी असफल हुनुमा बिद्यालय र बिद्यालयका शिक्षक मात्र जिम्मेवार भन्ने हाम्रो सोचाइले सामुदायिक बिद्यालयको स्तर कमजोर बनेको हो ।

त्यस्तै समाजिक बिकास मन्त्रालय कर्णाली प्रदेश महशाखाका आठौँतहअधिकृत बलबिर सुनारले शिक्षा क्षेत्रको सुधार ल्याउनका लागी जुम्लाका सारोकारवाला बिच अन्तरक्रिया कार्याक्रम गरिएको बताए । उनले कर्णाली प्रदेशले शदवर्षे शिक्षा निति निमार्णको लागी तयारी गरेकाले जुम्लाका शिक्षा बिद अध्यक्ष ,उपाध्यक्ष ,शिक्षा शाखा ,बिद्यालयका प्रधानाध्यापक संग सुझाव संकलन गर्न थालिएको बताए । उनले सबैले दिएको सुझाबका आधारमा शदवर्षे शिक्षा निति बन्ने बताए ।


त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया केमारी प्रसाइले शिक्षा जस्तो अति महत्वपूर्ण क्षेत्रमा राज्यको प्रमूख उत्तरदायित्व हुने बताइन । उनले गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने सवालमा स्थानीयतह असफल भएको बताइन । उनले जसरी निजी र सरकारी भनि शिक्षामा विभेद छ । हुने खानेहरु निजी स्कुलमा, गरीबहरुका निम्ती सरकारी विद्यालय भनेर कित्ताकाट हुन राम्रो नभएको बताइन । उनले भनिन,‘१२ कक्षा पसा भएका जुम्लाका केही बिद्यार्थीलाई निवेदन लेख्न समेत नआउने गरेको छ । उनले भनिन,“यो अबस्था हो भने कसरी गुणस्तर शिक्षा हुन्छ ।

सरकारी स्कूलमा पढाई राम्रो नहुने मात्र होइन विद्यार्थी पनि निजीमा भन्दा कम हुनु हाम्रो समाज र देशकै निम्ती लाजमर्दौ कुरा हो । हाम्रो समाजमा परम्परागत राजनितीलाई प्रश्रय दिने संस्कृती जुन छ यसले यो बालवालिकाको शिक्षा क्षेत्रधरापमा परेको हो ।

त्यस्तै सबैका लागी गुण्स्तर शिक्षा बिषयक अन्त्ररक्रिया कार्यक्रममा सहभागी सबैले शिक्षालाई सिप संग वोडर लाखौँ यूवाहरु विदेशमा जाने होइन स्वदेशमै केही गर्ने वातावरण बन्र्नु पर्नेमा जोड दिएका छन । उनीहरुले सरकारी बिद्यालयमा हुने राजनीतिक गतिविधि सबै भन्दा घातक भएको बताए ।