आगलागी पीडित परिवारको घरमा पुगे ,मन्त्री रोकाया

जुम्ला ः कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकाया आगलागी पीडित कृष्णदत्त चौलागाँईको घरमा पुगेका छन । मन्त्री रोकाया तातोपानी गाउँपालिका वडा नं.५ निवास आगलागी पिडित कृष्णदत्त चौलागाँईको अवस्था बुझ्न पुगेका हुन । उनले जुम्लामा धेरै आगलागीका घटना हुने गरेको प्रति दुख ब्यक्त गरे ।
चौलागइको खाजा पकाउन चुलोमा बालेको आगो सल्कीएर घरको तेस्रो तलामा आगालागी भएको थियो ।आगलागी हुँदा तेस्रो तलामा रहेको भान्सा सहित ३ वटा कोठा जलेर पुर्ण रुपमा नष्ट भएको छन् ।

घरमा रहेको लत्ता कपडा,अन्नपात,भाडाहरु सबै नजेर नष्ट भएको छ । आगलागीका कारण पीडित भएका परिवारलाई सरकारको ध्यानाकर्षण गरिने मन्त्री रोकाया बताए । उनले भने्,‘‘आगलागीबाट समस्यामा परेकाहरुलाई आफ्नो तर्फबाट सहयोग गर्ने बताए ।
मन्त्री रोकायाले जुम्लामा आगलागीबाट हुने क्षति घटाउन जनचेतनामुलक कार्यक्रम गर्न पनि जरुरी भएको बताए । आगलागी पीडित चौलागाइको तेस्रो तलामा रहेको भान्साको आगो बाल्ने चुलोबाट काठमा आगो सल्केर ग्याँस सिलिण्डर पड्कीएपछि घरमा ठुलो आगजनी भएको हो ।

आगोनियन्त्रण गर्नका लागी चन्दननाथ नगरपालिकाको दमकल नेपाल प्रहरी,शसस्त्र प्रहरी घटना स्थलमा पुगेको थियो । सुक्खा समयमा आगलागीका घटना बढ्ने र घरमा लापरबाहीका कारण पनि आगलागीका घटनाहरु हुने भएकोले सचेत रहनु पर्ने प्रहरीको सुझाबको छ ।