मुख्यमन्त्री शाहीलाई जुम्ली पत्रकारका ६ बुद्धे माग

जुम्ला ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जुम्लाका पत्रकारले ६ बुद्धे माग राखेका छन । पत्रकारहरुको छाता संगठनको रुपमारहेको नेपाल पत्रकार महासंघ शाखा जुम्लाले यस्तो माग राखेको हो । जुम्ला ,रारा अल्ट्रा म्याराथुनको उद्धटान गर्न जुम्ला पुगेका मुख्यमन्त्री शाहीलाई जुम्ला बिमान स्थालमा पत्रकार सम्मेलनको आयोजना गरी पत्रकार महासंघले पत्रकारहरुको क्षमता अभिबृद्धि सम्वन्धी कार्यक्रम सञ्चालन गर्न ६ बुद्धे माग पत्र दिएको हो ।
जुम्ला रारा अल्ट्र म्याराथनको उद्घाटन गर्नका लागी चैत२४ मा जुम्ला आएका मुख्यमन्त्री शाहीले मुख्लमन्त्री रोजगारका कार्यक्रम अनुगमन, कर्मचारीहरुसँग छलफल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अनुगमनसहित ४ दिनको जुम्ला भ्रमण सकेर सुर्खेत फर्केका छन् ।
साविक कर्णालीमा पत्रकारहरुको क्षमता अभिबृद्धि, स्थानीय संचार माध्यामको प्रर्वधनका कार्यक्रमहरु हुन सकिरहेको स्थिति छैन् । यसैको कर्णाली प्रदेश सरकारले सम्बोधन गर्न जुम्ला महासंघले मुख्यमन्त्री शाहीलाई माग पत्र बुझाएको हो ।
उत्त माग पत्रका भनिएको छ ,साविक कर्णालीका सवै जिल्लामा कम्तिमा बर्षको चारवटा पत्रकारिता तालिम(पत्रकार आचार सहिंता, स्टोरी लेखन तालिम, आधारभुत क्षमता अभिबृद्धि तालिम, फोटो तथा भिडियो ग्राफर) तालिमको माग गरिएको महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले बताइन् ।
उनले भनिन, नेपाल पत्रकार महासंघ जुम्लाको दोस्रो र तेस्रो तला भवन निर्माण तथा सूचना केन्द्र निर्माणका लागि सहयोग गर्न पनि आग्रह गरिएको छ ।
पत्रकार महासंघ सहित स्थानीय संचार माध्यामलाई वैकल्पिक उर्जा व्यवस्थापको सोलार व्याकप व्यवस्थापनमा सहयोग गर्न पनि मुख्यमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ ।
अहिले सुस्त ईन्टरनेटका कारण सरकारी कार्यालयका काम तथा समाचार पठाउन कठिन भएकाले ईन्टरनेट फाष्ट गर्न पहल गर्न पनि पत्रकारहरुले आग्रह गरेका छन् ।
त्यस्तै मुख्य मन्त्री शाहीलाई कर्णाली प्रदेशका सूचना दुर्गममा पुग्ने बतावरण गर्न अनुरोध गरिएको छ।दुर्गमका नागरिकले पनि सरकारका कार्यक्रम तथा कार्यसम्पादन थाहाँ पाउने अधिकारको सुश्चित गर्नका लागी पनी दुर्गमका संञ्चारमाध्यमलाई सुचना उपलब्ध गराउनु पर्ने माग गरिएको छ । कर्णालीमा संचार पूर्वाधारमा लगानी तथा सहयोग गर्ने तरिकाको नीति ल्याउन जुम्ला पत्रकारमहासंघले मुख्यमन्त्रीलाई अनुरोध गरेको छ ।
त्यस्तै जुम्ला भ्रमणबाट आइतबार सुर्खेर फर्केका मुख्यमन्त्री शाहीले भने यहाँ धेरै सरोकारवाला निकाय, पत्रकार, कर्मचारी, उद्योग व्यापारीहरुसँग छलफल तथा अन्तरक्रिया भएको छ । आवश्यक र सम्वोधन हुने खालका समस्याहरु कर्णाली प्रदेश सरकारले सम्बोधन गर्ने उनले प्रतिबद्धता गरे ।
उनले कर्णालीमा शिक्षा, स्वास्थ्य र रोजगारका अवसर सिर्जना गर्न प्रदेश सरकार प्रयत्नरत रहेको बताएका छन् । उनले सार्वजनिक शिक्षा र गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकारको सहयोग आवश्यकता र स्थानीय तहले कसरी काम गरिरहेका छन् भन्ने सन्दर्भमा समेत छलफल गरिएको बताए ।
उनले भने, ‘अहिलेको आवश्यकता गुणस्तरीय शिक्षा हो । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै रोजगारीको अवसर खोज्नु पर्ने अवस्था हो । प्रदेश सरकार यही बाटोमा अघि बढेको छ । सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ ।’
मुख्य मन्त्री शाहीले कर्णालीमा उत्पन्न हवाइ समस्या संवोधनका लागि पहल भइरहेको पनि उनले बताए । ‘सरकारी जहाजको उडान बढाउनेबारे छलफल भइरहेको छ । निजी विमान कम्पनीलाई पनि नियमित कर्णालीमा उडान गर्न आग्रह गरिएको छ,’ मुख्यमन्त्री शाहीले बताए । निजी उडान फाइदाको लागि चलेको र ऋणमा समेत डुबेको हुनाले उनीहरुलाई कर्णालीमा उडान भर्न बाध्यता लगाउन नसकिने उनको भनाइ थियो ।
मुख्यमन्त्री शाहीले भने, ‘केन्द्र सरकारको माताहतमा भएकोले पहल गर्नुको विकल्प छैन । उडान थप्न कर्णाली सरकारले पहल गरिरहेको छ ।
यस क्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा बजेट खर्च सन्तोषजनक रहेको बताएका थिए । कर्णालीमा अहिलेसम्म १८ प्रतिशतभन्दा बढी बजेट खर्च भएको छ । आगामी जेठ महिनासम्म ८० प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको छ ।








