जुम्लामा आँखाको मोतिविन्दु सम्बन्धी निशुल्क सल्यक्रिया

जुम्ला ः जुम्लामा आँखाको मोतिविन्दु सम्बन्धी बिरामी भएकाको लागी निशुल्क सल्यक्रिया सुचारु गरिएको छ । नेपाल नेत्रज्योति संघ जुम्लाको आयोजनामा जुम्ला सदरमुकाममा मोतिविन्दुमा समस्या भएका विरामीको सल्यक्रिया सूरु गरिएको हो ।

नेत्रज्योति संघ जुम्लाका अध्यक्ष धनबहादुर रोकायाले भने जुम्लामा यस्तो सेवा सुचारु भएको बताए । उनले भने, आँखामा समस्या भएका बिरामीलाई घरआँगनमै सेवा दिने उद्देश्यले निशुल्क सल्लिक्रिया गरिएको हो ।यो शिविरमा एक हजार बढि आँखाका समस्या भएका नागरिकले उपचारका लागि नाम दर्ता गराएका छन् ।

हिमालयन आखा अस्पतालको प्राविधिक सहयोग, सिविएम नेपाल र नेपाल नेत्रज्योति संघको आर्थिक सहयोगमा जुम्लामा ३८ औ निशुल्क मोतिविन्दु सम्बन्धीको सल्यक्रिया गरिएको छ ।पहिलो दिन छ सय जनाको परिक्षण गरिएको छ । हिमालयन आखा अस्पतालका नेत्र अधिकृत गोविन्दनाथ योगीका अनुसार पहिलो दिनमै मोतियाविन्दुका ९० जना विरामी भेटिएका छन् । उहाँहरुलाई छुट्टै राखिएको र २७ जनाको सल्यक्रिया समेत गरिएको बताइएको छ ।

निशुल्क अाँखा परीक्षण तथा मोतियाविन्दुको सल्यक्रिया शिविरिमा उपचार गर्न जुम्ला भरीका ज्येष्ठ नागरिक तथा आँखाका समस्या भएका व्यक्तिहरु अहिले चाँज गराउनका लागि भिड लागेको छ ।आँखा उपचार केन्द्रमा संचालन गरिएको शिविरमा धेरै विरामी आएकाले एक दिन थप गर्ने समेत आयोजकले बताएको छ ।

त्यस्तै जुम्लामा लामो समय देखी बर्षको दुईपटक मोतियाविन्दुका विरामीका लागि परीक्षण तथा जाँच गर्दै आईरहेको छ ।अध्यक्ष बस्नेतका अनुसार नेपाल नेत्रज्योति संघ जुम्ला जुम्लाले यस अघिका बर्षमा आठ हजार छ यस ९० जनाको निशुल्क सल्यक्रिया तथा ६२ हजार एक सय ५७ जनाको साधारण परीक्षण गरिएको तथ्यांक रहेको छ ।

हिमालय आखा अस्पताल पोखराले लामो समयदेखी दक्षजनशक्ति सहयोग गरेर विभिन्न शिविर संचालन गर्दै आएको छ । यसैगरी आईकेयर सेन्टरले विभिन्न सहयोग गर्दै आएको नेत्र ज्योति संघले जनाएको छ । जुम्लामा निशुल्क आँखाको उपचारमा लामो समय देखी उपचार भईरहेको प्रति स्थानीय खुशी छन् ।

स्थानीय कालिीबहादुर महतले दुर्गममा निशुल्क शिविर हुनु यहाँका नागरिकका लागि बरदान भएकोमा जोड दिनुभयो । चन्दननाथ नगरपालिका ४ का अध्यक्ष जगदिश चौलगाईले यो सेवालाई स्थानीय तहमा उपस्थित गराउने गरी अवका दिनमा लाग्नुपर्ने बताए ।

सिञ्जा र कनकासुन्दरी र पातारासीमा उपकेन्द्र स्थापना ः
नेपाल नेत्र ज्योति संघ जुम्लाले सिञ्जा क्षेत्रका दुई स्थानमा आखा उपचार उपकेन्द्र स्थापना गरेको छ । सिञ्जाको नराकोट र कनकासुन्दरी गाउँपालिकाको हाटसिञ्जामा आखा उपचार उपकेन्द्र स्थापना गरिएको जानकारी गरिएको छ । आँखा उपचार उपकेन्द्रमा जनशक्ति बस्ने र सोही अनुसारको स्वास्थ्य सामग्री समेत सहयोगका लागि सिविएम नेपालले गर्ने भएको छ ।

नेपाल नेत्र ज्योति संघ जुम्लाका नेत्र अधिकृत कालिबहादुर रोकायाले जुम्लाको चौधविस क्षेत्र पातारासी गाउँपालिकामा पनि आखा उपचार उपकेन्द्र स्थापना गरिने गरिएको । उनले जिल्लामा आँखाका विरामी बढ्दै गएको छन । नेत्र ज्योति संघ जुम्लामा लामो समय देखी काम गर्दै आएका भएका स्वास्थ्यकर्मी रोकायाले आँखा अस्पताललाई थप स्तरीय गर्न आवश्यक रहेकोमा जोड दिए ।