संघीय निजामति ऐन छिटो आउनु पर्छ ःअध्यक्ष रावल


जुम्ला ः नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) काकेन्द्रीय अध्यक्ष हरिबहादुर रावलले कर्मचारीको अधिकारका लागि संघीयता अनुकुलको संघीय निजामति ऐन चाडै आउनुपर्ने बताए ।
उनले राष्ट्रिय कर्मचारी संगठन (निजामति) जुम्लाको पाचौ जिल्ला अधिवेशनमा यस्तो बताएका हुन । रावलले समायोजन विद्ययकले कर्मचारीलाई अन्याय गरेकाले चाडै संघीय निजामति ऐन ल्याउन नेपाल सरकार, ट्रेड यूनियन र सरोकारवालाहरुको प्रथामितामा परेको बताए ।

त्यस्तै समायोजन ऐन अध्यादे बाट ल्याईएको तर सरोकारवाला निकायहरु सँग समन्वय नगरी अगाडि ल्याईएको हुदा पूर्ण नभएको बताए । समायोजन ऐनले संघीयताको कार्यान्वयन भने भएको छ । उनले भने,‘अवको संघीय निजामति ऐन आएमा कर्मचारी समायोजन तथा सरुवाको बिषयमा प्रष्टाउने समेतमा जोडछ । सरुवामा पहुँच नभई दुई बर्षमा हरेक कर्मचारीले सरुवा हुनुपर्छ भन्ने मानसिकता कायम गर्ने नितिगत व्यवस्था हुने बताए ।

अध्यक्ष रावलले कर्मचरीले जनतालाई सेवा प्रवाहमा फरक पन तथा अनुभूति दिनेगरी काम गर्न निर्देशन दिए । सेवा प्रवाहमा मुस्कान सहितको सेवा तथा सृजनात्मक काम गरेर कर्मचारीको नाम राख्न पनि अनुरोध गरे ।
त्यस्तै कार्यक्रममा जुम्लाका संघीय सांसद गजेन्द्रबहादुर महतले कर्मचारी स्थायी सरकार भएकाले राज्यको समृद्धिका लागि काम गर्न कर्मचारीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले देशको विकास तथा निति कार्यान्वयन कर्मचारीको हातमा भएकाले नेपाल राष्ट्रिय निजामति कर्मचारी (निजामति) ले प्रथामिकता राख्नुपर्ने छ । उनले भने अव निर्वाचनमा कुशलता देखाउन कर्मचारीलाई सुझाव दिए ।

त्यस्तै पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा कुँवरले कर्मचारी र पार्टीको समन्वय थप बढ्नुपर्ने भन्दै तल्लो स्तरका कर्मचारीको हक अधिकारमा जोड दिनुपर्ने बताइन । उनले भनिन, कर्मचारी संगठान र पाटी एक ढिक्का भयर लागेको खण्डमा माओबादीको सपना पुरा नहुने बताइन ।

त्यस्तै माओवादी केन्द्र जुम्लाका अध्यक्ष बिरबहादुर कुँवरले माओवादीले ८ औ महाधिवेशनमा दिएको म्याण्डेट २१ औ सताब्दीको नेपाल अनुकुलको समाजबाद भएकाले सवै निकायको सहयोग आवश्यक रहेको बताए ।

त्यस्तै तातोपानी गाउपालिकाका अध्यक्ष नवराज न्यौपानले भने, अरुकर्मचारीको तुलनामा हाम्रा पाटी निकटका कर्मचारीले दिइने सेवा फरक हुनु पर्ने बताए। उनले उनले जनतालाई मुस्कान सहितको सेवा दिन अनुरोध गरे ।
त्यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) का केन्द्रीय सचिवालय सदस्य महाकृष्ण पाण्डे, कर्णाली प्रदेश अध्यक्ष देवेश्वर गिरी सहित विभिन्न कर्मचारी संगठनका नेताहरुले अधिवेशनको शुभकामना दिदै निजामति ऐन छिट्टै आउनुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष नवराज देवकोटाका अनुसार नेराकसं निजामति जुम्लाले अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने भएको छ । जिल्ला अधिवेशनका लागि माओवादी निकटको कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष हरिबहादुर रावलको जुम्ला गृह जिल्ला पनि हो ।