जुम्लाका दुध उत्पादन गर्ने उद्यमीलाई ट्याङ्कर अनुदान
जुम्लाः जुम्लाका महिला उद्यमीलाई दुध ट्याङ्कर उपलब्ध गराएको छ । महिला उद्यमीको सहजका लागि पशु अूपताल तथा सेवा कार्यालयले अनुदानमा दुध ट्याङ्कर उपलब्ध गराएको हो ।यस कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताललाई ट्याङ्कर उपलब्ध गराएपछि अब दूध बोकेर बजार सम्म लैजानुपर्ने बाध्यता हटेको पशु अस्पताल तथा सेवा कार्यालय जुम्लाका प्रमुख गोबिन्द बहादुर महतले बताए । उनले भने ,एक हजार लिटर सम्म दूध बोक्न सक्ने क्षमताको ट्याङ्कर उपलब्ध गराइएको हो ।
प्रमुख महतले भने ,दुग्ध ट्याङ्करले दूध उत्पादन बढाउन प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । ३०लाख ६० हजार मुल्यको ट्याङ्कर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । महतका अनुसार कृषिसमाग्री ढुवानी ,प्राराकेट सूरु दुध ट्याङ्कर दिइएको हो । उनले भने,” बतावरण अनुकुलित दुवानी साधन, खरिद जडान अनुदनकार्यक्रम मार्फत दुध किसानले त्यो पाएका हुन । हमीले प्रस्तावाना मागेका थियौ ।जसमा ६जनाले निवेदन दिएका थिए ।
सबै भन्दा बढी अंक ल्याएर छानोटमा हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताल पर्नु भएको छ । ८लाखको प्र्राराकेट सूरु दुध ट्याङ्कर र २२ लाखको गाडी गरी ढुवानी भाडा गरी ३०लाख ६० हजार मुल्यको दुग्ध ट्याङ्कर दिइएको हो ।
यसले गर्दा किसान निकै उत्साहित भएका छन् ।
सञ्चालक मनकोइला धितालले भनिन, ’अब किसानले दूध बोकेर बजारसम्म दूध पु¥याउन दुःख गर्नुपर्दैन । मगाएको खण्डमा घरदैलोमै दूध संकलन गरेर बजारसम्म ल्याउन ट्याङ्कर तयारी अवस्थामा छ ।’धितालका अनुसार अहिले नाग्म, कुडारी, लाम्रा गाउँ र बजार क्षेत्रका दूध ट्याङ्करबाट डेरीमा सहजै दूध पु¥याउने काम भएको छ । यस अघि सदरमुकाम भित्र र बाहिरका नौवटा डेरीमा दूध पुग्ने गरेको थियो । धितालले संञ्चालन गरेको डेरीमा ट्याङ्कर पुगेपछि अहिले १० जनाले रोजगारी पाएका छन् । एक महिनामा झन्डै ६ लाख बराबरको दूध बिक्री हुने छ ।
कार्यालय प्रमुख महतले भने, पछिल्लो समय किसान दूध उत्पादनमा हौसिएका छन् । ट्याङ्कर खरिद जुम्लामा नयाँ कार्यक्रम हो । उनले थपे,”यसबाट दूध उत्पादक किसान र डेरीसँगको समन्वय निकै प्रगाढ हुने छ । अब किसानले दूध बिक्री भएन भन्ने गुनासो गर्ने छैनन् । बजार विस्तार भएसँगै दूधको माग पनि अत्यधिक हुने गरेको छ । सदरमुकाम खलङ्गामा ६वटा डेरी उद्योग सञ्चालनमा छन् ।









