कार्यसम्पादनमा जुम्लाको गुठीचौर गाउपालिका पहिलो

जुम्ला ः नेपालको संविधान २०७२ जारी पश्चात स्थापना भएका स्थानिय तहहरु मध्ये जुम्लाको गुठिचौर गाउँपालिका कार्यसम्पादनमा पहिलो भएको छ ।गुठिचौर गाउँपालिका स्थापना भए देखि हाल सम्म गरेका कार्यहरुको मुल्याङकन र कर्य सम्पदानमा जुम्लाको पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा जुम्ला जिल्लाको गुठीचौरगाउपालिका पहिलो बनेको हो । आयोगले आव.०७९÷०८० का लागि स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदानतर्फ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन वापत् प्राप्त गरेको अंकसहितको प्रतिवेदन यही फागुन १८ गते सार्वजनिक गरेको थियो । सोही प्रतिवेदन अनुसार कर्णाली प्रदेशका ७९ स्थानीय तहहरु मध्य जुम्लाको गुठीचौरगाउपालिले १०औ भएको छ । ६५ दशमलब शुन्य २ अंक ल्याएर गुठीचौर गाउपालिका जुम्लाकै पहिलो बनेको हो ।

गुठी चौरगाउपालिकाले झारज्वाला घट्ट, लिफ्ट ईरिगेशन र विगारे लिफ्ट ईरिगेशन,रेडियो गुठिचौरको स्थापना , बिपन्न संग अध्यक्ष कार्यक्रम गुठिचौर वासीको स्वास्थ्य सुधार, एकल पुरुषत तथा महिलालाई भत्ता वितरण,कृषि क्षेत्रमा पकेट जोन तथा व्लक स्थापन गरि सांञ्चालन, व्युटाकुलर निशेध, प्रविधिक शिक्षा , छात्रालाई छात्रवृत्ति,लगायतका महत्वपुण काम गरेको पालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । उनले भने,गुठिचौर गाउँपालिका जिल्लामै दुध निर्यात गर्ने अव्वल पालिका भएकोले कृसानको सम्मानको लागि भैसि प्रवर्दन कार्यक्रम समेत गरिएको छ ।
अध्यक्ष भण्डारीका अनुसार किसानलाई व्यावसायिक वनाउनको लागि फुजि स्याउमा पालिकाले अनुदान दिएको छ । प्रत्येक वस्तिमा मोटर वाटो पुगाएको छ । प्रत्येक घरमा एक घर एक घारोको व्यवस्था गरेको छ । प्रत्येक विद्यलयमा भुकम्प प्रतिरोधि संरचनाको विकास गरेको गुठिचौर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन प्रसाद देवकोटाले बताए । उनले भने,उज्यालो गाउँपालिका अन्तर्गत गाउँपालिकाका सवै घर वस्तिमा विधुतिकरण गरिएको छ । कोभिड १९ वाट नागरिककलाई बचाउन अक्सिजन सहित कोभिड अस्पतालको स्थाना गरेका थियौ । दानसाँघु गोरुओडार दुईयमभिर मुडुरि सडकको कार्यआरम्भ गरिएको छ । देवकोटाका अनुसार न्युनआएभएका नागरिकलाई स्वास्थ्य विमाको व्यास्था गरिएको छ ।

गुठीचौरले पर्यटकिय क्षेत्रको विकास तथा विस्तारको लागि पर्यटकिय क्षेत्रमा सडक वाटोको विस्तार गरेको छ । गुठिचौर गापा वडा नं ४ को चिमारा मालिका र डोल्पा सम्म पुग्ने सडकको विस्तार गरिएको छ ।पालिकाले आधुनिक काठेपुल निर्माण स्याउ वगैचा व्यावस्थापन तथा ओखर वगैचा व्यावस्थापन वातावरण संरक्षण , वडा नं २ र ३ मा एक घर एक ग्यास चुलो बितरण गरेको छ ।
यस गाउपालिकाले डिजिटल गाउँपालिका अप्टिकल फईवर वस्तिहरुमा विस्तार गरेको उपाध्यक्ष जानदेवी ऐडीले बताइन । उनले भनिन् चोत्र तथा कोल्तेमा आन्तरिक पर्यटन प्रवर्दन गर्न होम स्टि संञ्चालन गरिएको छ । उनका अनुसार वृहत धौलिगाड खानेपानिमा गुठिचौर गाउँपालिकाले लागत साझेदारि समेत गरेको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघका शाखाका अध्यक्ष नेत्रबहादुर शाहीले गुठीचोर गाउपालिका कार्यसम्पादन् मूल्याङ्कनमा जुम्लाको पहिलो गाउँपालिका बनेको भन्दै आभार ब्यक्त गरेका छन । उनल भने, संघीय सरकारबाट प्राप्त बजेटको सहि सदुपयोग, सबै वडाहरुमा पूर्वाधार विकास गरेकोले प्रथम भएको बताए । अध्यक्ष शाहीले यस गाउपालिकाको शिको जुम्लाका अरु गाउपालिकाले गर्नु पर्नेमा जोड दिए । गुठीचौरगाउपालिकालाई जुम्लाकै प्रथम बनाउनुमा कर्मचारी , र पत्रकारहरुको सहयोग मुख्य रहेको गाउँपालिकाका अध्यक्ष पदमबहादुर हरि बहादुर भण्डारीले बताए ।