अन्तराष्ट्रिय नारी दिवस ः जुम्लामा वक्तृत्वकला

जुम्ला ः११२ औं अन्तराष्ट्रिय नारी दिवसको जुम्लामा वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।नारी दिवसको अवसरमा चन्दननाथ नगरपालिकाले महिलाको बर्तमान अबस्था ’बिषयक चन्दननाथ नगर भित्रका महिलाहरु बिच वक्तृत्वकला प्रतियोगिता गरेको हो ।
जसमा सुकदेवी उपाध्याय प्रथम ,बिमला तिमिल्सेना दृतिय , राज्यलक्ष्मी न्यौपाने तितृय र राज्यलक्ष्मी बुढ्थापा सान्त्वना भएकी हुन ।

कार्यक्रममा नगर प्रमुख कान्तिका सेजुवाले महिला आफैंमा सशक्त र सक्षमताका साथ उत्तरदायित्व निर्वाह गर्न सक्नु पर्ने मा जोड दिइन । उनले भनिन, पहिलेको तुलनामा घरमा छोरा र छोरी भनेर गरिने भेदभाव कम हुँदै गएको र सबैलाई शिक्षा भन्ने नारासहित छोरीहरू शिक्षित हुँदै जाने परम्पराको विकास भएको बताइन ।

वक्तृत्वकला प्रतियोगितामा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत धनराज शाही ,शिक्षा शाखाका प्रमुख खडान्द चौलागाई ,जिल्ला समन्वय समितिका प्रमुख लाल बहुादुर सार्की ,प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइ ,साहयक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल ,जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र चन्द लगायतका ब्यक्तीले शुभकामाना दिएका थिए ।

वक्तृत्वकला प्रतियोगितामा ८जना महिलाले भाग लिएको चन्दननाथ नागरपालिका महिला शाखामा कार्यरक्त पूस्पा थापाले बताइन । उनले भनिनm नारी दिवस सफल पार्नका लागी जिल्ला समन्वय समिति ,राष्ट्रिय मानव अधिकार आयोग, समाजिक बिकास कार्यलय ,प्रहरी प्रशासन सबैको सहयोग रहेको छ । वक्तृत्वकला प्रतियोगितामा भाग लिएका बक्ताहरुले जाइजो प्रथा , बबहुविवाह , बालविवाह जस्ता कुरीती अझै ज्युका तिउ रहेको बताएका छन ।