महिलाले तीनवटा निकायसँग लड्नुपर्छ ः मेयर सेजुवाल

जुम्ला ः महिलाले जहिले पनि तीनवटा निकायसँग लड्नु चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेज्वालले बताइन । उनले , आज मार्च ८ अर्थात् अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा यस्तो बताएकी हुन । पारिवारिक संरचनासँग, समाज र राज्य सत्ता अहिले पनी महिला लड्दै आएको बताइन । हामी महिला घरमा कन्भिन्स गराएर निस्किएपछि समाजको सञ्जाल डरलाग्दो र ठूलो छ, त्यसको सामना गर्न ,यति सजिलो छैन । मेयर सेजुवालले जब सम्म यी दुई संरचना तोडेर अर्को संरचनामा जान सक्दैनौ तब सम्म महिलाले अधिकार प्रप्ती गर्न नसक्ने बताइन । उनले भनिन,” पुरुषप्रधान सोचका मान्छेहरूसँग लड्न अत्यन्तै अप्ठेरो छ ।

महिलाको क्षमता जति धेरै भए पनि त्यो कुराको कदर नगर्ने समाज छ । एक्लै हिँड्दा, बोल्दा बस्दा महिला भएकै कारण आफूलाई संकुचित बनाउनुपर्ने अवस्था छ । सबै पुरुष उस्तै छैनन्, तर पुरुषप्रधान सोच जीवित भएका कारण अगाडि बढ्छु, केही गर्छु भन्दा अप्ठेरो छ ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले भनिन, महिला सशक्तीकरण र श्रमिक महिलाको सम्मानमा यो दिवस विश्वभरि मनाउने गरिन्छ। उनले समय बढ्दै जाँदा महिलाका लागी केही अवसर भने प्राप्त भएका छन् । तर, ती पर्याप्त छैनन् । हाम्रो हजुरआमाको जमानामा भन्दा हामीले धेरै अवसर पाएका छौँ ।

संविधान र कानुनले पनि महिला सहभागितालाई अनिवार्य गरेपछि सहभागिता गराउनुपर्ने अवस्था सिर्जना गरायो । प्रजिअ प्रसाइले भनिन,”कानुन पर्याप्त छन्, तर कार्यान्वयनको पक्ष केहि फितलो भयो । उनले भनिन, सञ्चारमाध्यम, सामाजिक सञ्जालको सहज पहुँचले जस्ता घटना पनि सजिलै बाहिर आउन थालेका छन् । यो उपलब्धी पनी हो ।
त्यस्तै चन्दननाथ नागरपालिकाको महिला शाखामा कार्यरत्त पुस्पा थापाले घटनालाई राजनीतिक आवरणले ढाक्दा हिंसाका घटना झन् बढेको बताइन । उनले भनिन, आफन्तले गल्ती गर्दासमेत हात नकमाइ कन सजाय दिन सकियो भने मात्रै समाजमा महिला हत्या,हिंसाका घटनामा कमी आउने छन । महिला नेतृत्वमा पुग्ने सवालमा पनि संविधान र कानुनी व्यवस्थाले सुनिश्चितता गराएको छ । तर, महिलाले क्षमता बढाएर खुल्ला प्रतिस्पर्धाबाट नेतृत्वमा पुग्ने आँट गर्न महिलाले अब जरुरी छ ।

त्यस्तै जिल्ला समन्वयन समितिका प्रमुख लालबबहादुर सार्कीले महिला कानुन, रोजगारी, आर्थिक सवलीकरण, सशक्तीकरणलगायत पक्ष बलियो हुन जरुरी रहेको बताए । उनले नारीमाथिको विभेदको अन्त्य कानूनी उपचारबाट सम्भव हुने बताए । उनले संविधानमा उल्लेख भएको पक्षलाई कार्यान्वयनमा ल्याउन हामी सबै अवसर हुनुपर्ने जोड दिँदै महिला जागरण अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।