पौष्टिक आहार वोकेकोे मालवाहक ट्रक कर्णाली राजमार्गमा एस मोर्डमा झुण्डियो

कर्णाली राजमार्गमा मालवाहक ट्रक कालिकोट जिल्लाको शुभकालिका गाउपालिकाको एस मोडमा झुण्डिएको छ ।कर्णाली राजमार्ग स्थित कालिकोट खण्डको एस मोडमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले जुम्ला पठाएको वालवालिकालाई दिईने पौष्टिक आहार खाद्यन्न वोकेको ट्रक सडकबाट ५० प्रतिशत भाग तल गएर अडकिएको हो ।
आईतवार दिउसो नेपालगंजबाट आउदै गरेको ना ४ ख २८६० को ट्रक एस मोडमा स्पेस नपुग्दा सड्क तल गएको तर खस्नबाट जोगिएको छ ।
कर्णाली राजमार्ग स्थित हुल्म अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तिलकबहादुर डाँगीका अनुसार ट्रकको आधा भाग तलखसिसकेको अवस्थामा स्टिलवार र वालमा अघिल्लो भाग अडकिएकाले दुर्घटनाबाट जोगिएको र चालक सहकुशल रहेको बताए ।
उनले दुर्घटनाको खबर पाउने बित्तिकै प्रहरी त्यस क्षेत्रमा पुगेको बताए । चालकको स्वास्थ्य जाँच गर्न पठाईएको छ । कैलाली घर भएका चालक हरिस धामीले चलाएको उक्त ट्रकको आधा भाग सड्क तल झरेको छ । लोड गरिएको पौष्टिक आहार सुरक्षित निकाल्न प्रहरी त्यहाँ
डयूटि गरिरहेको छ । प्रहरीले साङ्लो वाधेर सामान लोड भएको सामान उतारिरहेको छ ।
एस मोडको सडक साँघुरो भएका कारण यस अघि पनि मालवाहक ट्रक दुर्घटना भएको थियो । प्रहरीका अनुसार एक ट्रक केही बर्ष अघि भदौ महिनामा त्यहाँ खसेको थियो । कर्णाली राजमार्गमा साँघुरो सड्कले दुर्घटनाको डर हुनुका साथै गाडिहरु पास गर्न कठिन हुदै आएको छ ।
खिडिकी ज्यूला देखी हुल्म क्षेत्र सम्म ३ मिटर बराबरको पनि सड्क नहुदा कैयौ स्थानमा दुर्घटनाको जोखिम बढेको छ । साँगुरो सडकका कारण क्षेत्रमा यात्रा गर्न कठिन भएको चालकहरुको भनाई छ । राज्य पनि उदासिन भएकाले कर्णाली राजमार्गको स्तरउन्नती नभएको जिप चालक इन्द्र बहादुर बिष्ट बताउछन । उनले भने म यो राजमार्गमा चार बर्ष जिप चलाउदै आएको छु । साँघुरो सड्क, धुलो र हिलोले हैरान बनाउने काम भईरहको छ ।
कर्णाली राजमार्गको डुगेश्वर देखी पालतडा सम्मको क्षेत्रमा बर्षौ देखी धुलो र हिलोले सताईरहेको चालक डाँगीले बताए । यात्रुहरुको पनि उत्तिकै समस्या छ, गन्तब्यमा पुग्न कैयौ स्थानमा बर्खा याममा बाढि पहिरो खेप्नु परेको छ भने हिउँदे याममा धुलोले गन्तब्यमा पुग्न विरामी बनाउने समेत गरेको छ ।










