मानसिक समस्या भएकी एक महिलाको उद्धार


जुम्ला ः जुम्लामा मानसिक स्वास्थ्य समस्या भएकी महिलाको उद्धार गरिएको छ । चन्दननाथ नगरपालिकाको महिला शाखा ,तातोपनीगाउपालिका ,स्थानीय प्रशासन ,र ओसि एमसीको सहयोगमा उद्धार गरिएको हो ।

तातोपानी गाउपालिका ३ लिताकोट स्थाई ठेगाना भएकी ३५ वषीर्या लाउरी रोकाया झण्डै एक दर्शक देखि मानसिक स्वास्थ्य समस्याका कारण सडकमा बस्दै आएकी थिइन ।सडकमै जिवन बिताउदै आएकी रोकायालाई जिल्ला प्रशासन कार्याल ,तातोपानी गाउपलिका ,चन्दननाथ नगरको महिला शाखा र ओसि एमसीको सहयोगमा उद्धार गरी कर्णाली प्रदेशको मावसेवा आश्रममा पठाइएको छ ।

लामो समय देखि मानसिक समस्याबाट पिडित ति महिलालाई एका तर्फ आर्थिक अभाव आर्को तर्फ आफन्त कोही नभएकाले उनको दैनिकी सडकमै बितेको थियो । चन्दननाथ नगरपालिको महिला शाखामा कार्यरत्त पुस्पा थापा र जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइको पहलमा कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानको ओसिएमसीले १महिना दिन १२ सम्म निशुल्क उपचार गराएको थियो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी प्रसाइले भनिन ,उपचार पछि केही सुधार भएको थियो । तर उनलाई समयमै औषधि खुवाउने मान्छे नभएकाले उनको दिर्घकालिकन ब्यवस्थापानको लागी कर्णाली प्रदेशको मानवसेवमा आश्रममा पठाइएको छ ।

तातोपानी गाउपालिकाले मानसिक समस्या भएकी ति महिलाको ब्यवथापनको लागी भन्दै रु १ लाख आर्थिक सहयोेग गर्ने प्रीतबद्धता सहित सिपारिस पत्र पठाएको छ ।तातोपानी गाउपालिकाका अध्यक्ष नवराज न्यौपानलेले महिलाको व्यवस्थाप खर्चको लागी भनेर हामीले मानव सेवा आश्रमलाई एक लाख सहयोग दिने भएका छौ ।उनले भने,“यस्ता ब्यतिको उद्धार गर्नु स्थानीय सरकारको दायित्व भएको बताए ।

त्यस्तै कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानको ओसिएमसीमा उपचार गराउदै आएका डाक्टर अबिर्न शख्याले भने, उपचार पछि धेरै सुधार भएको बताए ।उनले भने,हामीलाई उपचार गर्नको लागी समस्या छैन ।दिर्घकालिन ब्यवस्थापनका लागी समस्या भएको हो ।डाक्टर शाख्यले भने,“लाउरी रोकाया मात्रै होइन ,घरेलु हिंसाबाट मानसिक समस्या भएका धेरै महिला उपचारमा आउने गरेका छन ।

त्यस्तै चन्दननाथ नगरपालिकामहिला शाखामा कार्यारक्त पुस्पा थापाले मानसिक स्वास्थ्य समस्या भएर विभिन्न कारणले सडकमा जीवन बिताइरहेका महिलाको दिगो ब्यवस्थापन गर्न तर्फ लाग्न आबश्यक रहेको छ । उनले भनिन,“व्यक्तिहरुलाई उद्धार उपचार सेवा समेत ओसीएमसीले दिर्दै आएको भएपछि दिर्घकालिन ब्यवस्थापनको लागी जुम्लाका सरोकारवालाले अध्यान दिन जरुरी छ ।

त्यस्तै जुम्लामा पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण समयमा उपचार नपाएका व्यक्तिलाई सम्वन्धित स्थानीत तह र वडाको समन्वयमा आवश्यक प्रक्रियाका पुरा गरी उद्धार तथा उपचार सेवा प्रदान गर्न जरुरी रहेको जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले बताइन । उनका अनुसार रोकायालाई मानवसेवा आश्रममा लियर ओसि एमसीका एक जना कर्मचारी र जिल्ला प्रहरी कर्यालयले एक जना महिला प्रहरी पठाएको छ ।

सम्बन्धित समाचार