कालिकोटमा बोलेरो दुर्घटना हुदाँ एकको मृत्यु तीन घाईते


कालिकोटको पलाँता गाउँपालिका ९ मा बोलेरो दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । कर्णाली नदिमा ड्रममाथि चडाएर लगिएको बोलेरो गाडी अनियन्त्रीत भइ दुर्घटना भएको डिएसपी सिद्धराज न्यौपानेले बताउनु भयो । दुर्घटनामा परी पलाँता १ का ६२ बर्षिया परिलाल भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा घाईते भएका अन्य तीन जनालाई नेपाली सेनाको हेलिकप्टरका सुर्खेत लगिएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताउनु भयो । गाउँपालिका अध्यक्षका अनुसार रोकेर राखेको गाडी गैह्चालकले चलाउदा दुर्घटना भएको थियो ।

सम्बन्धित समाचार