कोरोनाका कारण जुम्लामा एक महिलाको मृत्यू

जुम्ला ः जुम्लामा कोरोना संक्रमणले एक महिलाको मृत्यू भएको छ । चन्दननाथ नगरपालिका ८ निवासी ३३ बर्षिय बाटु सुनारको मृत्यू भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार सुनारको बुधबार निधन भएको हो । यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा उनको निधन भएको जानकारी गरेको छ ।
त्यस्तै प्रहरीका अनुसार मंगलवार दिउसो प्रतिष्ठानमा उपचार गर्न आउनु भएको र उपचारको क्रममा निधन भएको छ । उनलाइ आरडिटि परीक्षण गर्दा कोरोना संक्रमण भएको थियो । जिल्ला प्रशासनको तथ्यांक अनुसार पछिल्लो समय तेस्रो भेरियन्टमा जिल्लामा कुल १ सय ८५ जना रहेका मध्य अस्पतालमा उपचाररत ५ जना रहेका छन् । प्रतिष्ठानका मेडिकल रेकडर मेघराज बुढाका अनुसार तेस्रो भेरियन्टमा कर्णाली प्रतिष्ठानमा २८ जना भर्ना भएका थिए ।

सम्बन्धित समाचार