स्याउका बिरुवा निर्यात गर्दै जुम्लाका किसान

जुम्ला ः जुम्लामा उत्पादन गरिएका स्याउका बिरुवा बाहिरी जिल्लामा निर्यात हुन थालेका छन । चन्दननाथ नगरपालिका ८का एक जना किसानले २४ हजार वटा बिरुवा बेचेका छन् । चन्दननाथ नगरपालिका ८का हरिबहादुर रोकायाले ११ हजार हुम्लाको लागी र १३ हजार बाजुराको लागी गरी पय वर्ष मात्रै २४ हजार स्याउका बिरुवा बेचेका हुन ।
रोकाया वेला आफनो नसरीमा भएको स्याउको बिरुवा बिभिन्न ठाउमा पठाउन ब्यस्त छन । रोकायाको आफ्नै सिर्जनसिल फलफुल नर्सरी छ । उनले भने,“हुम्लाको सिमिकोटको लागी माग आएको थियो ।
त्यही मागको आधारमा यस पटक ११ हजार बिरुवा पठाएको बताए । उनले भने,“ मेरो नर्सरीमा ४० देखि ५० हजार सम्मको बिरुवा छ ।रोकायाको ,आफ्नै स्याउको बगैचा पनी छ ।उनले भने,स्याउको नर्सरीबाट वार्षिक ३ देखि ४लाख सम्मको आम्दानी हुने गरेको छ । रोकायाले पठायको स्याउका बिरुवा गुस्तरिय भएकाले बिभिन्न ठाउबाट माग आएको बताउछन । जुम्लाबाट हवाईजहाज मार्फत स्याउका बिरुवा हुम्लामा पुर्याउने गरिएको छ ।
जुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोट हवाई मार्गबाट बिरुवा हुम्ला जाने गरेको जर्सरी किसान रोकायाले बताए ।उनले भने,“एक वटा बिरुवाको ७७ रुपैया सम्म पर्ने गरेको छ । उनका अनुसार स्याउका विरुवा प्रति बिरुवा ७७ दर भएपनि धेरै बेच्चनु परेको खण्डमा केही सौलियत दिनेगरेको बताए । रेड, रोयल डेलिसियस, गोल्डेन र जनार्थन जातका स्याउका बिरुवा बेच्ने गरेको रोकाले बताए । अर्गानिक स्याउ उत्पादनका रुपमा जुम्लाले आफ्नो पहिचान बनाइसकेकोले निरोगी बिरुवा उत्पादन गरेर जिल्लाबाहिर पठाउन जुटेको कृर्षकहरुले बताएका छन ।
यस वर्ष मात्रै ४९ हजार बिरुवा निर्यात
त्यस्तै जुम्लाको स्याउका बिरुवा बझाङ, बाजुरा, दैलेख, अछामा ,अग्राखाचि , हुम्ला र कलिकोट जाजरकोटसम्म निर्यात हुने गरेको कृर्षि बिकास कार्यालय जुम्लाले जनाएको छ ।जुम्लाबाट बाहिर जिल्ला निर्यात गर्दा कुनै समस्या नहोस भन्नका लागी कृषि बिकास कार्यालयले सिपारिस दिने गरेको बागवानी शाखाका प्रमुख सुस्मा बुढाले बताइन । उनले भनिन्,“ गत वर्ष १ सय ६ वटा स्याउका नर्सरी शुचिकृत भएका थिए । यस वर्ष ४५ वटा मात्रै शुचिकृत भएका छन । बुढाका अनुसार यस वर्ष मात्रै ४९ हजार स्याउ र ओखरका बिरुवा जुम्लाबाट निर्यात भएका छन ।
त्यस्तै जुम्लामा गुणस्तर स्याउ उत्पादन गर्न स्याउ सुपरजोन कार्यालय जुम्लाले किसानका बगैचामै पुगेर स्याउका विरुवा काटछाँट, मलखात व्यवस्थापन, रोग किरा निवारण, बोडो पेष्ट लगाउने तरिकाले सिकाउदै आएको छ ।











