जुम्लाका ४ जना बन्दीको  कैद मिनाहा


जुम्ला ः प्रजातन्त्र दिवसको अवसरमा जुम्लाका ४ जना कैदीबन्दीले आममाफी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको सन्दर्भमा सरकारको सिफारिस बमोजिम जुम्लाका ४ कैदीबन्दीलाई कैद र सजाय माफी गरिएको हो ।
जुम्लाकारागारबाट प्रजातन्त्र दिवसको अवसरमा माफि पाउनेमा सन्तोष आचार्य , एकराज बोहोरा ,दुजनान सुनार , र त्रिफे पुन रहेका छन । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको सिपारिसमा माफि दिएको जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन ।

उनले भनिन, “राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम देशभरका कारागारमा रहेका बन्दीहरूको भुक्तान हुन बाँकी कैद सजाय मिनाहा गर्ने प्रबधान रहेको छ । जस अन्तगत जुम्लाका ४ जना बन्दी रिया भएका हुन । साहयक प्रजिअ रिजालका अनुसार उनीहरु बहुविवाह , चोरी , ज्यान मार्ने जस्ता कार्यगरे बापतको सजाय जुम्लाको कारागारमा बसेर भुक्तान गर्दै आएका थिए ।

सम्बन्धित समाचार