दाउरा नपाउने तिर्प गाउँमा ग्यास चुलो वितरण


मुगु ः छायाँनाथ रारा नगरपालिकाले दाउरा अभाव हुने गाउँका ७६ घर परिवारलाई ग्यास चुलो वितरण गरेको छ । छायाँनाथ रारा नगरपालिका गरिबसँग नगर प्रमुख कार्यक्रमअन्तर्गत आईतबार एक औपचारिक कार्यक्रम गरी दाउरा नपाउने छायाँनाथ रारा नगरपालिका वडा नम्बर १३ को तिर्प गाउँका ७६ घरपरिवारलाई ग्यास चुलो वितरण गरिएको हो ।
दाउराको साह्रै समस्या हुने उक्त गाउँमा एक घर एक ग्यास चुलो सहयोग गरेको नगर प्रमुख हरिजंग शाहीले बताए।
ग्यास चुलो खरिदका लागि नगरपालिकाले करिब ७ लाख रुपैयाँ खर्च गरेको जनाइएको छ । अन्न भन्दा दाउराको चिन्ताले सधै पिरोलिने तिर्प गाउँका नागरिक ग्यास चुलो पाएपछि खुसी भएका छन्।
‘दाउराको समस्या थियो, दाउराको खोजी गर्दै दिन बित्ने, बालबच्चाको बिचल्ली हुन्थ्यो,’ तिर्प गाउँकी औशि मल्लले भनिन्, ‘त्यो समस्याबाट यहाँका महिलाले मुक्ति पायौं ।

आफ्नो वन नभएकाले दाउराका लागि छिमेकीको वनमा जाने गरेका थियौं,’ चाउली मल्लले भनिन्, ‘एक भारी दाउरा ल्याउन दुई दिन लगाउनुपर्ने बाध्यता थियो । अर्का स्थानीय महिला बिस्नु एैडिका अनुसार आफनो वन नभएको र दाउरा ल्याउन छिमेकिको वनमा जाने गरेका थियौ । एक भारी दाउरा ल्याउन दुई दिन लगाउनु पर्ने बाध्यता थियो । धुवाँरहित ग्यास चुलो पाउदा गाउँका सबै हर्षित भएको बताईन ।

दुई बष अघि घरदैलो अभियान कार्यक्रम अन्तरगत तिर्प गाउँमा जादाँ त्यस क्षेत्रका नागरिकले आफुहरुको जंगल नभएको र दाउराको समस्या प्रमुख भएको जन गुनासो गरे पछी स्थानीय नागरिक लाई सिहंदरबारको अधिकार गाउँमा आएको अनुभुति दिलाउन र दाउराको खोजि गदै समय बर्वाद गर्न नपरोस , स्वास्थ्य स्थितिमा सुधार आहोस , बालबालीको बिचल्ली नहोेस भन्ने उदेश्यका साथ दाउरा नपाउने तिर्प गाउँका ७६ घर दुरीका स्थानीयलाई लाई एक घर

एक ग्यास चुलो वितरण गरी सहयोग गरेको नगर प्रमुख शाहीले बताए ।उनका अनुसार गरिब संग नगर प्रमुख कार्यक्रम अन्तरगत दाउरा नपाउने तिर्प गाउँका ७६ घरदुरी ग्यास ,चुलो सहयोग गरेका हौ ।
नागरिकका समस्यालाई समाधान गर्न तर्पm लागेको बताउदै नगर प्रमुख शाहीले भने क्रमिक रूपमा समस्या समाधान गर्ने तर्फ आफु लागी परेको र यस्ता कार्यक्रम अन्य गाउँमा पनी लागु गर्ने बताए ।

गरिब संग नगरप्रमुख कार्यक्रम अन्तरगत गाउँगाउँमा पुगेर नगरबाट सञ्चालित योजना तथा कार्यक्रमको प्रभावकारिताका नागरिक संगका समस्या बारे जानकारी लिने, योजनाको अनुगमन गर्ने, स्थानीयका गुनासा र सुझाव लिने काम गरिरहेको र समस्या समधान गर्नपनी लागी परेको नगरप्रमुख शाहीको भनाई छ । गत बर्ष पनि दाउरा नपाउने लह र लापु गाउँका ५७ घरदुरी लाई पनि नगरपालिकाले एक घर एक ग्यास चुलो वितरण गरेका छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

यसै बिच छायाँनाथ रारा नगरपालिकाले कुटानी पिसानीमा समस्या भोग्दै आएका वडा नं १३ का रुगा र थार्प गाउँका समुदाय लार्ई कुटानी पिसानी मिल सहयोग गरेको छ । अन्न पिस्नका लागि घण्टौ हिडेर गमघटट् जान बाध्य भएका त्यस वडा क्षेत्रका समुदायलाई सहजको लागी बत्ति र डिजेल दुबै बाट चल्ने कुटानी पिसानी मिल प्रदान गरेको हो ।

अन्न कुटानी पिसानी गर्नेक्रममा हुने शारीरिक श्रमको बोझ घटाउन र समयको बचतका रुगा र थार्पको लागी कुटानी पिसानी मिल सहयोग गरिएको नगर प्रमुख शाहीले बताए । नगरपालिकाले गाउँभरीका महिलाले अन्न पिस्नका लागि उपयोग गर्न पाउनेगरी मिल प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

 

सम्बन्धित समाचार