शुद्धीकरण र सुदृढीकरणको नयाँ अभियानको तयारीमा छौं ः प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू नयाँ अभियानको तयारीमा रहेको बताएका छन्।

बुधबार सिध्दिमंगल माध्यमिक विद्यालयको ६३औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले जिल्ला नेतृत्व चयन गरेर पार्टी एकता प्रक्रियालाई नयाँ स्तरबाट अगाडि बढाएको दाबी गरे।

ुजनतामा के होला, के होला भन्ने स्थितिको अन्त्य गरेका छौुं, उनले भने। प्रचण्डले एकताको अभियान लिएर ७७ वटै जिल्लामा पुग्ने बताए।

ुअभियान सँगसँगै जिल्लाहरुको अधिवेशन, केन्द्रको अधिवेशन गरेर जनतासँगको सम्बन्धलाई अझ सुदृढ र सजीव बनाउने र विकास निर्माणलाई गति दिने, हामीभित्र देखा पर्न खोजेका कतिपय कमीकमजोरी छन् भने त्यसलाई हटाउने, एउटा नयाँ शुद्धीकरण र सुदृढीकरणको, जनसम्बन्ध व्यापक बनाउने र सुदृढ गर्ने अभियानको नेतृत्व गर्ने तयारीमा हामी छौुं, प्रचण्डले भने।

उनले अहिलेको नेकपा पुरानो ढंगले सोच्ने जडसूत्रवादी कम्युनिस्ट पार्टीण् नभएको बताए।

ुयो कुनै अवसरवादी कम्युनिस्ट पार्टी होइनु, उनले भने, ुयो नेपाल राष्ट्र र नेपाली जनताको हितप्रति सम्पूर्ण रुपले समर्पित रहने पार्टी हो भनेर हामीले साबित गर्नु छ।ु

सम्बन्धित समाचार