जुम्लामा सञ्चालित ३ वटा सहकारी बिरुद्ध उजुरी

जुम्लाः जुम्लामा संञ्चालित तिनवटा सहकारी बिरुद्ध उजुरी परेको छ । सहकारीले बचत उठाउने नाममा ठगेको भन्दै जुम्ला ११ जना बचत कर्ता महिलाले उजुरी दिएका हुन् । उनीहरु बचतकर्ता रुपमा सहकारी संञ्चालक र कर्मचारीबाटै ठगिएको बताएका छन् ।

जुम्लाको बसपार्कमा रहेको स्वजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सोही ठाउमा अबस्थित समाज रुपान्तरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटे र ठाकुरज्यु सहकारी बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
यी तीन वटै सहकारीमा आबद्ध ११ जना बचत कर्ताले जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएको बताए । समाज रुपान्तरणमा आबद्ध बचत कर्ता उमा खत्रीले भनिन् हामी जस्ता धेरै व्यक्ति ठगिएका छौँ । सहाकारीले बचत गर्ने ब्याज दिने भन्दै बचत गर्न लागए । कसैकसैको बचत पनि १÷२ लाख पुगेको छ ।

बसपार्कमा अवस्थित स्वजन बहुउद्देश्योय सहकारी संस्था अध्यक्ष जनक हमाल, समाज रुपान्तरण सहकारीका अध्यक्ष प्रकाश रोकाया र भोजराज न्यौपाने र ठाकुरज्यु सहकारीका अध्यक्ष तुलाराम न्यौपाने बिरुद्ध उनीहरुले उजुरी दिएका हुन् । उनीहरुले हामी सोझा साँझा नागरिकलाई बचतको बहनामा सहकारीले गठिधन्दा चलाएको भन्दै उजुरी दिएको बताएका छन् ।

त्यस्तै संघियता पछि जिल्ला सहकारी संघ खारेज भएपछि सहकारीको कार्यक्षेत्र हेरेर नियमन गर्ने निकाय तोकिएको छ । कुनै एउटा स्थानीय तहमा संञ्चाल भएको सहकारीको हकमा नियमन गर्ने निकार्य स्थानीय तह हो । जिल्ला भरी कार्यक्षेत्र भएको सहकारीको हकमा सबै स्थानीय तहले नियमन गर्ने पाउ छन् । जिल्ला भन्दा माथि कार्यक्षत्रे गरेका सहकारीको हकमा प्रदेशको भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको नियमन गर्ने अधिकार रहेको छ ।

यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले सहकारी बिरुद्ध बचत कर्ताले उजुरी दिएको बताए । उनले भने, संञ्चालकलाइ खवर गरेका छौ । प्रहरीले पहिलो चरणमा सहाकरीका जिम्मेवारी ब्यक्तिलाई छलफलमा बोलाउने छ । प्रहरी नायव उपरिक्षक चन्दले सहकारीबाट नागरिक ठगिएको बारेमा उजुरी परेकाले प्रहरीले गम्भिरता पुर्वक हेर्ने बताए ।

सम्बन्धित समाचार