माओवादी केन्द्र्रका जुम्ला बाट ३ जना केन्द्रीय सदस्य चयन

जुम्ला ः नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट जुम्लाका ३ जना नेता केन्द्रीय सदस्यमा चयन भएका छन । जुम्लाबाट गजेन्द्रबहादुर महत, नरेश भण्डारी र गोमा कुँवर, केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन ।
माओवादी केन्द्रको यही पुस ११–१८ सम्म काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्ला मध्य नौं जिल्लाबाट केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको छ ।
जसमा सबैभन्दा बढी जाजरकोटबाट केन्दीय सदस्य चयन भएका छन । जसमा शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्य पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक, रहेका छन । त्यस्तै सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, पुष्पा घर्ती, सीता नेपाली र हरिमाया शर्मा केन्द्रीय सदस्यमा चयन भएका छन ।
त्यस्तै, रुकुमपश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, वसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन, कालीकोटबाट
महेन्द्रबहादुर शाही, विष्णुबहादुर विक र यशोदा न्यौपाने, सल्यानबाट टेकबहादुर बस्नेत र टिका बुढाथोकी, रहेका छन । त्यस्तै हुम्लामा छक्कबहादुर लामा र विजय भण्डारी सर्वसम्मत चयन भएको केन्द्रीय सदस्य नरेश भण्डारीले बताए । आठौं महाधिवेशनबाट कर्णालीको सबैभन्दा कम डोल्पामा एकजना काली चलाउने केन्द्रीय सदस्यमा चयन हुँदा मुगु भने केन्द्रीय सदस्यविहिन बनाइएको छ ।
केन्द्रीय सदस्य भण्डारीले पार्टीले मुगुलाई पनि न्याय गर्न मनोनित केन्द्रीय सदस्य लिने बताए । उनका अनुसार मुगुका नेता मंगल शाही केन्द्रीय सदस्यमा मनोनित हुने देखिएको छ । केन्द्रको २३६ केन्द्रीय कार्य समिति सदस्यमा कर्णालीको १२ प्रतिशत सदस्य संख्या सहभागिता रहेको छ ।








