कर्णालीका क्रियाशिल पत्रकारलाई अभिमुखिकरण

जुम्ला ः तुलसादेवी हरिहर फाउण्डेसन काठमाडौंले कर्णालीका पत्रकार बिच पत्रकार आचारसंहिता सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । कर्णालीका क्रियाशिल पत्रकारहरु बिच पत्रकार आचारसंहिता सम्बन्धी भर्चुअल कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रमको अवसरमा बोल्दै नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले कर्णालीबाट सम्प्रेषित समाचारले नीति निर्माणमा सहयोग पुग्नुपर्ने बताए । डा.अर्यालले कर्णालीको समस्याको सत्य र तथ्य समाचारले सरकारलाई सरकारले नीति निर्माण सहयोग पुग्ने बताएका हुन । उनले भने , “विकास पूर्वाधारमा कर्णाली पछि नै छ । त्यहाँको सटिक समाचार आउनुपर्छ ।”विचार आस्थाका आधारमा लेखिने समाचारले भ्रम पर्न जाने भन्दै सचिव डा.अर्यालले व्यक्तिलाई प्रताडना हुने समाचार लेखनमा पत्रकारहरुलाई संवेदनशील हुन आबश्यक रहेको बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष डा.सुरेश आचार्यले आचारसंहिता उलङ्घन गरेका कारण नभई कानून उलङ्घन गर्ने जोकोही अदालतको दायरामा पर्ने बताए । उनले पत्रकार र सञ्चार गृह पनी कारवाहीमा परेको जिकिर गरे ।आचारसंहिता जिम्मेवार हुने प्रयोजनको आपसी समझदारी हो । हामी यो मापदण्डभित्र रहेर काम गर्छौं भन्या हो । व्यवसायिक संगठनहरुको आचारसंहिता हुन्छ,” डा.आचार्यले भने “तर प्रेस काउन्सिलको संरचनामा म सहमति छैन ।

यसले पत्रकार आचारसंहिता निर्माण गर्ने नभई उनीहरुको कामको अनुगमन तथा कार्यान्वयन गर्ने हो ।
उनले थपे काउन्सिलमा पार्टीका व्यक्तिहरु नियुक्त हुने अभ्यासले स्वच्छता नदेखिने भन्दै प्रकाशक, सम्पादक, विश्वविद्यालयका प्राध्यापकहरुको प्रतिनिधि, काउन्सिल र महासंघको अध्यक्ष पदेन सदस्य रहने छुट्टै आयोगको आवश्यक रहेको डा.आचार्यले औंल्याए ।
त्यस्तै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति अध्यक्ष देवीराम देवकोटाले पत्रकारिता क्षेत्रलाई स्वतन्त्र कसरी बनाउने भन्ने बिषयनै अहिले चुनौती बनेको बताए । उनले भने कुनै पनी ब्यक्ति पत्रकार बन्दै छ भने उ स्वयम आचारसंहिताको बारेमा अध्यायनशिल हुन जरुरी छ ।

कर्णालीका पत्रकारमा उनले आचारसंहिता पालनामा कहीँ न कही कमजोरी भएको बताउदै आगामी दिनमा पत्रकार महासंघले पनी यस्ता खालका कार्यक्रम गर्ने बताए । उनले पछिल्लो समयमा पत्रकारिता राजनीतिबाट प्रभावित भएको समेत बताए ।

त्यस्तै मुख्य अधिकृत झविन्द्र भुसालले प्रेस काउन्सिलले पत्रकार आचारसंहिता २०७३ बारे सूचना गर्दै आएको र अहिले त्यसको परिमार्जन भएको बताए । उनले आचारसंहिताको दफा ४ मा प्रेस स्वतन्त्रता, लोकतन्त्रको संरक्षणका लागि पेशागत मान्यता, व्यवहारमा रहेर आफ्नो कर्तव्य निर्वाह गर्न सुझाएका छन । मुख्य अधिकृत भुसालले काउन्सिलको क्षमता र स्रोत साधनले भ्याएसम्म दुर्गमका पत्रकाहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै राससका बरिष्ठ समाचारदाता प्रकाश सिलवालले रिपोटिङको क्रममा कसरी आचारसंहिता पालना र प्रयोग गर्ने विषयमा आफ्नो प्रस्तुति गरेका थिए । उनले भने पत्रकारले समाचारमा स्रोतको सहि पहिचान, पूर्व अध्ययन गरी गोपनीयताको हकलाई संरक्षण गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार लेख्न आबश्यक छ ।

उनले थपे सामाजिक सञ्जालको गलत प्रयोगले मिडिया क्षेत्रमा परेको प्रभावका विषयमा मिडिया लिटरेसी आवश्यक रहेकोप्रति जोड दिँदै उनले पत्रकार आचारसंहिताको अनुगमन तथा नियमनका लागि स्वतन्त्र, स्वायत्त मिडिया आयोगको अपरिहार्यता खट्केको बताए ।

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सहयोगमा सञ्चालित उक्त कार्यक्रमको संयोजन फाउण्डेसनका संयोजक डिल्लीरमण सुवेदीले गरेका थिए । भर्चुअल कार्यक्रममा कर्णालीका दशवटै जिल्लाबाट क्रियाशिल पत्रकारहसहभागिता रहेको थियो । यस्ता खालका कार्यक्रममो कर्णालीबाट पत्रकारीता गर्ने क्रियाशिलपत्रकारलाई समाचार सम्प्रेसनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।