जुम्लामा प्रतिष्ठानकी नर्सको ‘रहस्यमय’ मृत्यु

बैंकको बाथरुम किन नुहाउन पुगेकी थिइन् अनुपमा ?

फोटो मंगल रावलको फेसबुकबाट

जुम्लाको सिटिजन बैंक शाखा बाथरुममा नुहाउँदै गर्दा बेहास नर्सको मुत्यु भएको छ । कोलपुर उपमहानगर नगरपालिका ११ की २६ वर्षिया  अनुपमा क्षेष्ठको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक श्रेष्ठ बिहिबार दिउँसो सिजिजन बैंकको बाथरुममा नुहाउँन गएकी थिइन्  ।

बाथरुममा  नुहाउँन उनी बेहोस भएको भन्दै  सिटिजन बैंकका प्रतिष्ठानमा उपचारका लागि लिएका थिए ।  बाथरुमै बेहास भएकी श्रेष्ठलाई  प्रतिष्ठानको आइसियुमा राखिएका थियो ।

२४ घण्टा आइसियुमा राख्दा पनि हास नआएपछि प्रतिष्ठानले शुक्रबार साँझ मृत्यु भएको जानकारी दिएको छ । मृतक श्रेष्ठका आमा बुबाले छोरीको मृत्यु रहस्यमय भएको भएको भन्दै प्रहरीमा जाहेरी दिने बताएका छन्  ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरिक्षक नरेन्द्र  चन्दले  प्रहरीले कानुनी प्रक्रिया पुरा गरेर अनुसन्धानको अगाडि बढाउने बताए । मृतकका आफन्त आएको उनले बताए । उनीहरुको जाहेरी अनुसार, प्रहरीले अनुसन्धन  बढाउने चन्दले बताए ।

यता सिटिजन बैंकका म्यानेजर महेश शाहीले मृतक नर्स साथीको बहिनी भएकाले आफ्नो बैंकमा नुहाउँन आएको बताए ।  ‘बैंक स्टाफ अफिसकै कामकाजमा व्यस्त थिए । बाथरुममा आएर बेहोस भएको थाहा भएपछि प्रतिष्ठान लगिएको हो’ शाहीले भने । बैैंकका कर्मचारी बाथरुम जाँदा ढोका बन्द थियो । ढोका फुटाएर  उपचार गर्न लगेका उनको भनाइछ ।