जुम्ला काँग्रेस अधिवेशन ः जिल्ला सभापतिमा कर्ण बहादुर शाही बिजयी
नेपाली कांग्रेस जुम्लाको ७ औँ अधिवेशनमा जिल्ला सभापतिमा कर्ण बहाद शाही बिजयी भएका छन । कडा प्रतिस्पर्धामा उर्तिएका दिप बहादुर शाहीलाई ५ मतले प्रराजित गरेका हुन । उनका प्रतिद्धन्दी शाही यस अघि वर्तमान जिल्ला सभापति हुन् ।
तत्कालीन कांग्रेस सभापति मानव सेजुवालको नेपाल एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएपछि उनले कार्यवाहक सभापतिको जिम्मेवारी समेत पाएका थिए । दिपबशादुर शाहीले झण्डै दुई कार्यकाल जिल्ला सभापति समेत चलालेका थिए । उनी यो पटक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबाट सभापतिका एक्ला उम्मेदवार थिए ।
प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा प्यानलबाट सभापतिको उम्मेदवारी घोषणा गरेका कर्णबहादुर शाही यस अघिका कांग्रेस जुम्लाका सचिव हुन् । उनले धेरै अघिदेखि नै सभापतिको उम्मेदवारी सार्वजनिक गरिसकेका थिए । प्रदेशका दुई निर्वाचन क्षेत्रमा गरेर ६० मतले देउवा पक्ष पछाडि थियाे ।
देउवा प्यानलबाट सभापतिमा कर्णबहादुर शाहीले ५मतले बिजयी हाँसिल गरेकाे मुख्य निवार्चन अधिकृत हसिना प्रधानले बताईन ।
उनले भनिन पौडेल प्यानलबाट सभापतिका उम्मेद्वार दीपबहादुर शाही प्राराजित भयपनि उपसभापतिमा दिपक शाही र कार्मा बुढा, सचिवमा गोल्डेन कठायत र लक्ष्मण शाही, सहसचिवमा धनेन्द्र बोहोरा र नन्दप्रसाद चौलागाई पाैडेल पक्षबाट बिजयि भएका छन ।
यश अघ पालिका अधिवेशनमा ८ मध्ये ६ पालिका र प्रदेशका दुई वटै क्षेत्र एकलौटी जितेकाले पौडेल पक्ष याे निर्वाचन पनि जित अाफ्नाे पाेल्टामा पर्ने दाउमा थियाे ।








