जुम्लामा १सय ४८ गणक खटाइने

जुम्ला ः जुम्लामा १ सय ४८ गणक खटाइने भएको छ । राष्ट्रिय जनगणनाका लागि जिल्ला जनगणना कार्यालय जुम्लाले मूल गणनाका लागि १सय ४८ गणक खटाउने भएको हो ।जनगणना कार्यालय जुम्लाका कार्यालय प्रमुख शंकर भट्टले भने े,“ यही कात्र्तिक २५ देखि मङ्सिर ९ गतेसम्म संचालन हुने जनगणनाका लागि कार्यालयले सबै तयारी गरेको छ । उनलका अनुसार गणकका लागि चारदिने तालिम समेत कार्यालयले दिएको छ ।
जुम्लाका आठवटै स्थानीय तहमा खटिने गणकका लागि तीन ठाउँमा तालिम संचालन गरिसकिएको प्रमुख भट्टले बताए ।उनले थपे पातारासी गाउँपालिका,गुठीचौर गाउँपालिकाको र चन्दननाथ नगरपालिकाको खलङ्गा बजारमा तालिम दिइएको हो ।
तातोपानी गाउँपालिका र तिला गाउँपालिकाको कुडारी बजारमा, हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाको सिंजा गाउँपालिकाको नराकोट बजारमा तालिम संचालन गरिएको कार्यालय प्रमुख भट्टले बताए ।उनले भने,“तालिममा १ सय ४८ गणक र १३ जना सुपरीवेक्षकको सहभागिता रहेका थियो । सो तालिममा गणकलाई घरपरिवारमा पुगेर जनगणना गर्दा अपनाउनुपर्ने तरिका, प्रक्रिया र मुख्य प्रश्नावली भर्ने तरिकाका बारेमा सिकाइएको छ । सुपरीवेक्षकले गत भदौ ३० देखि असोज १८ गतेसम्म घरपरिवार सूचीकरण गरिसकेका छन ।
सोही आधारमा अब गणकले यही कात्र्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मूल गणना गर्नेछन । गणकमार्फत प्रत्येक घरपरिवारमा पुगी प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइ लगायतका विवरण सङ्कलन गरिने छ ।
”कार्यालयका अनुसार दोस्रो चरणको गणना अन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि सङ्कलन गर्ने छ ।
तिला गाउँपालिका २१ जना गणक परिचालन गरिने भएको छ ।जसमा हिमा गाउँपालिकामा १२ जना,तातोपानी गाउँपालिकामा १८ जना,सिंजा गाउँपालिकामा १४ जना,कनकासुन्दरी गाउँपालिकामा १८ जना, चन्दननाथ नगरपालिकामा ३३ जना,गुठीचौर गाउँपालिकामा १२ जना र पातारासी गाउँपालिकामा २० जना यही कार्तिक २५ गतेबाट गणक परिचालन हुने जनगणना कार्यालय जुम्लाले जनाएको छ ।
त्यस्तै जिल्लामा २४ हजार आठ सय घरपरिवार सूचीकृत गरिएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत गत भदौ ३० देखि असोज १८ गतेसम्म गरिएको गणनामा जिल्लाका २४ हजार आठ सय घरपरिवार सूचीकृत गरिएको हो । पहिलो चरण अन्तर्गत ४१ सुपरीवेक्षकले घरपरिवार सूचीकृत गरेको जिल्ला जनगणना कार्यालय जुम्लाका प्रमुख भट्टले बताए ।








