चाडपर्व लक्षित जुम्ला बजार अनुगमन

जुम्ला ः उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले चाडपर्व लक्षित बजार अनुगमन गरेको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको दैनिक उपभोग्य वस्तुको गुणस्तरको बारेमा जुम्लाबजार अनुगमन गरेको हो । ,उपभोक्ता हित संरक्षणकार्यलयको नेतृत्वको टेलीले बजारका १८ वटा पसल अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा केही पसलमा अखाद्य बस्तु किनवेच भइरहेको थियो ।गुणस्तरहिन वस्तु विक्री वितरण गरी उपोभोक्ता ठग्ने व्यापारीको समान जफर्त गरी नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख पदम न्यौपानेले बताए । उनले भने ,उपभोक्ता हकहित विपरीत गतिविधि गर्ने व्यापारीको सामान जर्फत गरिएको हो ।
अनुगमन टोलीले चाडपर्वको समयमा व्यापारीले जथाभावी मूल्य लिने, म्याद नाघेका अखाद्य वस्तु बेच्ने लगायत समस्या देखिने गरेकाले अनुगमनको पाटोलाई सक्रिय रूपमा अगाडि बढाइएको हो । उपभोक्ताको प्रत्यक्ष सरोकार राख्ने दैनिक उपभोग्य वस्तुकोे उपभोक्ता हित संरक्षणका लागि जनचेत बनाउने उद्देश्यले पनि यो अनुगमन गरिएको प्रमुख न्यौपानले बताए ।
अघिपछिको समय भन्दा पनी विशेषगरी चाडवाडका बेला अखाद्य वस्तु विक्री हुने, अधिकतम मूल्यभन्दा बढी मूल्य लिने जस्ता क्रियाकलापबाट उपभोक्ता मारमा पर्ने गरेको यथार्थलाई ध्यानमा राख्दै अनुगमन गरिएको बताइएको छ ।उपभोक्ता हित संरक्षणकार्यलयको नेतृत्वको अनुगमन टेलीले जुम्लाका १८ वटा पसलबाट २४ हजार ३ सय ३५ रुपैया बराबरको म्याथ नागेको अखाद्य बस्तु नष्ट गरेको छ । बजार अनुगमन पछि जिल्ला प्रशासन कार्यालय,प्रहरी ,र पत्रकारहरुको रोवरमा उक्त समान नष्ट गरिएको उपभोक्ता हित संरक्षणकार्यलयले जानाएको छ ।








