कर्णाली समृद्धिका लागी बेलायती दूतावास संग छलफल गर्दै उर्जामन्त्री श्रेष्ठ
जुम्ला ः कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठले बेलायती राजदूतावासका पदाधिकारी बिच छलफल भएको छ । मन्त्री श्रेष्ठले बेलायती राजदूतावासका पदाधिकारी र बेलायती सहयोग नियोग (डिइफआईडी)का पदाधिकारीवीच भेटवार्ता छलफल गरेका हुन ।भेटवार्ताका क्रममा कर्णालीले भोगेका समस्या समृद्धिका लागी कुराकानी भएको हो ।
मन्त्री श्रेष्ठले भने कर्णाली संभावनाको खानी भएर पनि पछाडि परेको छ । उनले कर्णाली प्रदेशको विकासका लागि बेलायत सरकारको सहयोग महत्वपूर्ण रहेको बताए । उनले भने,जलवायू परिवर्तको असरलाई न्यूनिकरण गर्दै राष्ट्रिय प्रसारणलाइन नपुगेका कर्णालीका जिल्लाहरुमा विद्युतीकरण, अर्गानिक प्रदेशलाई कार्यान्वयन गर्नका लागि सिंचाई, तटवन्ध लगायतका क्षेत्रमा सहयोगको आवश्यकता रहेको बताए ।
कर्णालीमा नदि खोलानालाहरु प्रसस्त छन ।तर त्यसको प्रयोगमा ल्याउन सकिएको अबस्था छैन । मन्त्री श्रेष्ठले भने आफ्नो मन्त्रालयले चालू आर्थिक वर्षदेखि नदिखोलालाई उर्जामा परिणत’ गर्ने नीति लिएको बताए । उनले कर्णालीको मार्सी चामल र अर्गानिक स्याउको अन्र्तराष्ट्रिय पहिचानका लागि पनि बेलायत सरकार र नियोगको सहयोगको अपेक्षा गरे ।
भेटघाट कार्यक्रममा जलस्रोत तथा उर्जा विकास मन्त्रालयका सचिव धर्मेन्द्र झाले बेलायती सहयोग नियोगले पूर्वाधार निर्माणमा पनि सहयोग गर्न आग्रह गरे ।तालिम, गोष्ठी लगायतमा नियोगले गरेको सहयोग महत्वपूर्ण छ,’उनले भने, ‘अव कर्णालीको विकास र समृद्धिका लागि पूर्वाधारतर्फ ध्यान दिनु आवश्यक छ ।’
बेलायती दूतावासका टीम नेता तथा शासन सल्लाहकार इगबेर्टले सबै भन्दा पछाडि परेको कर्णालीलाई बेलायत सरकारले प्राथमिकतामा राखेको बताए । उनले जलबायू परिवर्तनलाई न्यूनिकरण गर्नका लागि प्रदेश सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए । जलवायू परिवर्तन न्यूनिकरणका लागि छुट्टै इकाई स्थापना गरेर प्रदेश सरकारसँग सहकार्य गर्दै अघि बढ्न इच्छुक छौं,’ उनले भने, ‘नेपालका अरु प्रदेशको तुलनामा कर्णाली प्रदेशको फरक पहिचान गर्न हामी चाहन्छौं ।’










